The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

विश्वका उत्कृष्ट युनिभर्सिटीको सुची सार्वजनिक, अस्ट्रेलियाका कुन-कुन युनिभर्सिटी परे यो सुचीमा ?
सीडब्लुयुआरले यस वर्षका विश्वका उत्कृष्ट युनिभर्सिटीको सुची सार्वजनिक गरेको छ । उक्त सुचीमा अमेरिकाका हार्वर्ड युनिभर्सिटी, स्ट्यानफड युनिभर्सिटी र एम आइ टि युनिभर्सिटी क्रमश : पहिलो, दोस्रो र तेश्रो स्थानमा आएका छन् ।
त्यस्तै, बेलायतका युनिभर्सिटी अफ क्याम्ब्रिज र युनिभर्सिटी अफ अक्सफोर्ड चौथो र पाँचौं स्थानमा आएका छन् ।
अस्ट्रेलियाका चार युनिभर्सिटी पनि यो सुचीको सयौं स्थानभित्र पर्न सफल भएका छन् । युनिभर्सिटी अफ मेलबर्न ५७ औं स्थानमा, युनिभर्सिटी अफ सिड्नी ७१ औं स्थानमा, युनिभर्सिटी अफ क्विन्सल्याण्ड ७४ औं स्थानमा र अष्ट्रेलियन नेशनल युनिभर्सिटी ८२ औं स्थानमा आएका छन् ।
यो सूचीमा अस्ट्रेलियाका युनिभर्सिटी अफ न्यु साउथ व्ह्लेस ११९ औं स्थानमा, मोनास युनिभर्सिटी १२५ औं स्थानमा र युनिभर्सिटी अफ वेस्टर्न सिड्नी १४५ औं स्थानमा आएका छन् ।
युनिभर्सिटीमा उपलब्ध विषय, पाठ्यक्रम, विद्यार्थीहरुको संख्या र नतिजा, शिक्षाको गुणस्तर, विद्यार्थीलाई आवश्यक भौतिक पूर्वाधारहरुको सुविधा, विद्यार्थीले प्राप्त गरेको करियरको अवसर आदिका आधारमा सुची तयार गरिएको उल्लेख गरिएको छ ।
सुची हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
photo source : The Melbourne Newsroom – University of Melbourne