The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

ग्रेस इन्टरनेशनलको आयोजनामा नेपालका प्रमुख सहरहरुमा ‘अस्ट्रेलिया एजुकेशन फेयर-२०१८’
अस्ट्रेलिया आएर पढ्न चाहने नेपाली विद्यार्थीहरुलाई सही र प्रभावकारी जानकारी दिंदै आवश्यक सहयोग गर्ने उद्देश्यले ग्रेस इन्टरनेशनलले नेपालका प्रमुख शहरहरुमा अस्ट्रेलिया एजुकेशन फेयर-२०१८ गर्ने भएको छ । सन् २००६ मा स्थापना भएको ग्रेस इन्टरनेशनलले नेपाल तथा अस्ट्रेलियामा रहेका आफ्ना कार्यालय मार्फत अस्ट्रेलियामा पढ्न चाहने नेपाली विद्यार्थीहरुलाई आवश्यक परामर्श तथा सहयोग प्रदान गर्दै आएको छ ।
नि: शुल्क प्रवेशको व्यवस्था रहेको उक्त एजुकेशन फेयरमा अस्ट्रेलियाका २० वटा शैक्षिक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ । ती प्रतिनिधिहरुसंग सहभागीहरुले आवश्यक जानकारी तथा परामर्श लिन सक्नेछन् । सहभागी विद्यार्थीलाई छात्रवृत्ति सम्बन्धि जानकारी, करियर गाइडेंस, अस्ट्रेलियाको जीवनशैली सम्बन्धि जानकारी, अस्ट्रेलियामा उपलब्ध अवसरहरुको जानकारी प्रदान गरिने आयोजकले बताएका छन् ।
उक्त एजुकेशन फेयरमा विद्यार्थीलाई अस्ट्रेलियामा उपलब्ध २ सय भन्दा बढी कोर्सको जानकारी दिइनेछ, जसबाट विद्यार्थीले सजिलै संग आफ्नो रुची र लक्ष्य अनुसारको कोर्स छनोट गर्न सक्नेछन् । यसको साथै विद्यार्थीहरुको लागि पब्लिक स्पिकिंग वर्कसप र विभिन्न खेल तथा मनोरन्जनात्मक कार्यक्रम समेत रहने आयोजकले बताएका छन् ।
एजुकेशन फेयर हुने स्थान र मिती :
बुटवल > > २९ अगस्ट २०१८ ( सिद्धार्थ कटेज )
चितवन >> ३० अगस्ट २०१८ (भरतपुर गार्डेन रिसोर्ट)
पोखरा > > ३१ अगस्ट २०१८ ( होटल पोखरा ग्राण्ड)
काठमाडौं > > २ सेप्टेम्बर २०१८ ( होटल दि अन्नपूर्ण )
उक्त एजुकेशन फेयरमा सहभागी हुन चाहने व्यक्तिले तलको लिंकमा क्लिक गरेर आफ्नो नाम दर्ता गर्न सकिनेछ :