The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

मेलबर्नमा बुधबार शैक्षिक मेला : पढाइ, छात्रवृत्ति, पीटिइ, इन्सुरेन्स, ट्याक्स, भिसा सम्बन्धि सम्पूर्ण जानकारी तथा सेवा
अस्ट्रेलियामा पढिरहेका र नयाँ विद्यार्थीहरु दुवैको लागि शैक्षिक मेला लाग्ने भएको छ। विगत १५ वर्ष देखि विद्यार्थीहरुलाई शिक्षा र बसाईसराइ सम्बन्धमा आवश्यक परामर्श तथा सहयोग दिंदै आएको एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले यस मेलाको आयोजना गरेको हो । ‘एक्स्पर्ट एजुकेशन एण्ड माइग्रेसन फेयर’ नाम दिइएको यो मेला बुधबार जुन २७ मा हुँदैछ ।
यस मेलामा NAATi कोर्स , PTE को लागि आवश्यक टिप्स, युनिभर्सिटी तथा कलेजले उपलब्ध गराउन सक्ने छात्रवृत्ति, ४८९ र १९० भिसा आदिको बारेमा विद्यार्थीले जानकारी लिन पाउनेछन् । उक्त मेलामा अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटी तथा कलेजहरुका प्रतिनिधिहरु हुनेछन्। सहभागी भएका विद्यार्थीहरुले एक/एक गरि ती प्रतिनिधिहरुसंग आफ्नो जिज्ञासा राख्दै सम्बन्धित युनिभर्सिटी तथा कलेजको बारेमा जानकारी लिन सक्नेछन् ।
यस मेलामा इन्सुरेन्स, ट्याक्स पे, ट्याक्स रिटर्न सम्बन्धि परामर्श तथा सेवा लिन सकिन्छ । इन्सुरेन्सका प्रतिनिधिहरुसंग पनि विद्यार्थीले आफ्नो जिज्ञासा राख्न सक्नेछन् भने सहभागी विद्यार्थीहरुको लागि ट्याक्स पे , ट्याक्स रिटर्न सम्बन्धमा विशेष सेवा उपलब्ध हुनेछ । मेलामा सहभागीहरुको लागि आइप्याड, फ्री मुभी टिकट, गुडी ब्यागको समेत अफर रहेको छ । यो अफरको लागि मेलामा सहभागी हुने पहिलो ५० जना भित्र पर्नुपर्नेछ ।
सहभागीहरुको लागि चिया र हल्का खाजाको व्यवस्था गरिएको यो मेला दिउँसो १२ बजे देखि ५ बजे सम्म हुनेछ । मेला Level 3, 313 Flinders Lane, Melbourne, VIC 3000 स्थित एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको प्रांगणमा हुनेछ ।