The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

रोजगारीको आधारमा विश्वका उत्कृष्ट १० युनिभर्सिटीको सूचीमा अस्ट्रेलियाका युनिभर्सिटी
विद्यार्थीले पाएको रोजगारीको आधारमा विश्वका उत्कृष्ट १० युनिभर्सिटीको सूचीमा अस्ट्रेलियाका युनिभर्सिटी पनि परेका छन् । 2019 QS Graduate Employability Rankings ले मंगलबाट उक्त सूची सार्वजनिक गरेको हो ।
४० हजार जना भन्दा बढी कम्पनीका मालिकहरुलाई लिएर सर्वेक्षण गरिएको बताइएको छ । उक्त सर्वेक्षणको नतीजा अनुसार, अस्ट्रेलियाका युनिभर्सिटी अफ सिड्नी र युनिभर्सिटी अफ मेलबर्न उत्कृष्ट १० मा पर्न सफल भएका छन् । यसको अर्थ, अरु युनिभर्सिटीमा पढेका विद्यार्थीले भन्दा युनिभर्सिटी अफ सिड्नी र युनिभर्सिटी अफ मेलबर्नमा पढेका धेरै विद्यार्थीहरुले रोजगारी पाएका छन् र आफ्नो करियर निर्माण गरिरहेका छन् ।
रोजगारीको आधारमा विश्वका १० उत्कृष्ट युनिभर्सिटी
१. मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी
२. स्ट्यानफड युनिभर्सिटी
३. युनिभर्सिटी अफ क्यालिफर्निया, लस एञ्जलस
४. हार्वर्ड युनिभर्सिटी
५. युनिभर्सिटी अफ सिड्नी
६. युनिभर्सिटी अफ मेलबर्न
७. युनिभर्सिटी अफ क्याम्ब्रिज
८. युनिभर्सिटी अफ क्यालिफर्निया, बेर्केली
९. सिन्घुवा युनिभर्सिटी
१०. युनिभर्सिटी अफ अक्सफोर्ड
रोजगारीको आधारमा अस्ट्रेलियाका १० उत्कृष्ट युनिभर्सिटी
१ . द युनिभर्सिटी अफ सिड्नी
२. द युनिभर्सिटी अफ मेलबर्न
३. द युनिभर्सिटी अफ न्यु साउथ व्ह्लेस
४. द युनिभर्सिटी अफ क्विन्सल्याण्ड
५. मोनाश युनिभर्सिटी
६. युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी
७. द अस्ट्रेलियन नेशनल युनिभर्सिटी
८. आरएमआइटि युनिभर्सिटी
९. क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी
१०. मक्वेरी युनिभर्सिटी
Source : 2019 QS Graduate Employability