The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

विद्यार्थीको करियर निर्माण तथा अस्ट्रेलिया बसाईमा सहयोग गर्ने मेलाको मूख्य उद्देश्य : वसन्त पोखरेल
अस्ट्रेलियामा पढिरहेका र नयाँ विद्यार्थीहरु दुवैको लागि शैक्षिक मेला लाग्ने भएको छ। विगत १५ वर्ष देखि विद्यार्थीहरुलाई शिक्षा र बसाईसराइ सम्बन्धमा आवश्यक परामर्श तथा सहयोग दिंदै आएको एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले यस मेलाको आयोजना गरेको हो । ‘एक्स्पर्ट एजुकेशन एण्ड माइग्रेसन फेयर’ नाम दिइएको यो मेला बुधबार जुन २७ मा हुँदैछ ।
‘एक्स्पर्ट एजुकेशन एण्ड माइग्रेसन फेयर’ को सन्दर्भमा रहेर हामीले फेयरको आयोजक संस्था एक्स्पर्ट एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजका म्यानेजर वसन्त पोखरेलसंग कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसंग गरिएको छोटो-मीठो जानकारीमुलक कुराकानी :
एजुकेसन फेयरको तयारी कस्तो चल्दै छ ?
मेलालाई बढी भन्दा बढी व्यवस्थित र प्रभावकारी बनाउने सोंच अनुरुप हामीले काम सुरु गरेका थियौं । त्यसको लागि समयलाई ख्याल राख्दै काम गरिएकोले तयारी समपन्न भइसकेको छ ।
यो एजुकेशन फेयरको मूख्य उद्देश्य चाहिं के हो ?
हामीकहाँ आउने विद्यार्थीहरुलाई आवश्यक परामर्श तथा सहयोग त हामीले दिन्थ्यौं नै । तर, धेरै विद्यार्थीहरु कोर्स, युनिभर्सिटी , कलेज, भिजा, ट्याक्स, इन्सुरेन्स आदिलाई लिएर अल्मलिइरहेका हुन्छन् । उनीहरु मध्ये कति कन्सल्टेन्सीमा पुगेका हुँदैनन् र पुगेकाहरुले पनि सही बाटो पहिल्याउन सकेका हुँदैनन् । धेरै विद्यार्थीहरुलाई यिनै कुराले गर्दा अभिभावकत्वको खाँचो महसुस भइरहेको हुन्छ । उनीहरुले निर्णय लिन सकिरहेका हुँदैनन् । यदि इन्सुरेन्सका प्रतिनिधि देखि युनिभर्सिटी देखि कलेज सम्मका प्रतिनिधिहरुसंग यदी हामीले उनीहरुको भेट गराउन सक्यौं भने, उनीहरुले प्रत्यक्ष कुराकानी गरेर आफ्नो जिज्ञासा मेटाउन सक्नेछन् । साना-तिना जिज्ञासा लिएर कन्सल्टेन्सी धाउनु पर्ने अवस्था पनि रहन्न भने उनीहरु आफैले निर्णय लिन सक्नेछन् र कतैबाट ठगिएको महसुस गर्नेछैनन् । त्यसैले यो फेयरको मूख्य उद्देश्य भनेको अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुलाई करियर निर्माणमा सहयोग साथै अस्ट्रेलियाको बसाईलाई सहज बनाउन सहयोग गर्नु हो ।
त्यसको लागि फेयरमा के-के कुराहरु उपलब्ध हुनेछन् ?
फेयरमा अस्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटी तथा कलेजहरुका प्रतिनिधिहरु हुनेछन् । उनीहरुसंग विद्यार्थीले व्यक्तिगत रुपमा नै कुराकानी गर्न सक्नेछन् । छात्रवृत्ति उपलब्ध भए नभएको र त्यसको लागि प्रक्रिया तथा योग्यता पनि बुझ्न सक्नेछन् । यहा थुप्रै सस्तो र राम्रो हेल्थ इन्सुरेन्सको बारेमा पनि जानकारी दिइने छ । जसले गर्दा विद्यार्थीले इन्सुरेन्सको आवश्यकता, इन्सुरेन्स गर्ने सही प्रक्रियाको बारेमा जानकारी लिन सक्नेछन् । त्यस्तै ट्याक्स पे र ट्याक्स रिटन सम्बन्धी सम्पूर्ण जानकारी दिइनेछ । र, ट्याक्सको काममा विशेष छुट उपलब्ध हुनेछ ।
फेयरमा PTE र NAATI सम्बन्धि केहि विशेष रहनेछ की?
हो, PTE भनेको के हो, कसरि गर्ने, यसको महत्व के छ भन्ने सबैकुरा विद्यार्थीले बुझ्न सक्नेछन् । मेलामा सहभागी हुने र PTE गर्न चाहने विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरिएको छ । त्यस्तै NAATI सम्बन्धि पनि विद्यार्थीले सम्पूर्ण जानकारी लिनुका साथै विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
पछिल्लो समय अस्ट्रेलियामा रहेका विद्यार्थीहरु क्यानबेरा, तस्मनिया जस्ता ठाउँहरु तिर बढी आकर्षित छन् । यसमा विद्यार्थीहरुलाई कस्तो सुझाव दिन चाहनुहुन्छ ?
फेयरमा यो कुरालाई पनि सम्बोधन गरिनेछ । मैले अहिले व्यक्तिगत रुपमा सुझाव दिनुभन्दा पनि मेलामा आएर विद्यार्थीहरुले त्यस सम्बन्धि सम्पूर्ण जानकारी लिन सक्नेछन् । एजुकेशन फेयरमा ती ठाउँहरु, भिसा, सुविधा, अवसर सबैकुरालाई विद्यार्थीले बुझ्न सक्नेछन् ।
फेयरमा कति विद्यार्थीहरु सहभागी हुने आशा राख्नुभएको छ ?
केही विद्यार्थीहरुले त पहिले नै रजिस्टर गरिसक्नुभएको छ । विद्यार्थीहरुको उत्साह र फेयरको सबै कुरा हेर्दा कम्तिमा पनि २०० विद्यार्थी सहभागी हुने आशा राखेका छौं । सहभागी विद्यार्थीलाई गुडी ब्याग, आइप्याड जस्तो अफर राखेको छौं । त्यो अफर सहभागी हुने पहिलो ५० जनाले पाउन सक्नुहुनेछ । त्यसको साथै हल्का खाजाको व्यवस्था पनि गरिएको छ ।
अन्त्यमा, विद्यार्थीहरुलाई केही भन्न चाहनुहुन्छ ?
यो एजुकेशन फेयर सबै विद्यार्थीहरुको लागि एउटा राम्रो अवसर हो । त्यसैले फेयरमा आएर लाभ उठाउनको लागि सम्पूर्ण विद्यार्थीलाई अनुरोध गर्छु । थप सहयोगको लागि एक्स्पर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज सधै विद्यार्थीहरु संगै हुनेछ ।