गत सोमबार विश्वका उत्कृष्ट युनिभर्सिटीको सुची सार्वजनिक गरेको सीडब्लुयुआरले २०१८ का अस्ट्रेलियाका उकृष्ट युनिभर्सिटीको सुची सार्वजनिक गरेको छ । विद्यार्थीको संख्या, उपलब्ध कोर्स, सुविधा आदिको आधारमा उक्त सुची सार्वजनिक गरिएको हो।
यस्तो छ अस्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीको सुची
१. युनिभर्सिटी अफ मेलबर्न २. युनिभर्सिटी अफ सिड्नी ३. युनिभर्सिटी अफ क्विन्सल्याण्ड ४. अस्ट्रेलियन नेशनल युनिभर्सिटी ५. युनिभर्सिटी अफ न्यु साउथ व्हेल्स ६. मोनाश युनिभर्सिटी ७. युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलिया ८. युनिभर्सिटी अफ एडेलेड ९. क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजी १०. मक्वेरि युनिभर्सिटी
सोमबार सार्वजनिक भएको विश्वका उत्कृष्ट युनिभर्सिटीको सूचीमा युनिभर्सिटी अफ मेलबर्न ५७ औं स्थानमा, युनिभर्सिटी अफ सिड्नी ७१ औं स्थानमा, युनिभर्सिटी अफ क्विन्सल्याण्ड ७४ औं स्थानमा र अष्ट्रेलियन नेशनल युनिभर्सिटी ८२ औं स्थानमा आएका छन् ।