The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

लुका मोड्रीच युईएफए वर्ष खेलाडी घोषित
युरोपको यो वर्षको सर्वोत्कृष्ट खेलाडीकाे उपाधि क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका माेड्रिचले जितेका छन् । उनले युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो र लिभरपुल फरवार्ड मोहमद सलाहलाई पछि पार्दै यो उपाधि हात पारेका हुन् ।
२० अगस्टमा अन्तिम नामावलीका रुपमा मोड्रिक, रोनाल्डो र सलाहको नाम परेको थियो । हरेक वर्ष च्याम्पियन्स लिगको ड्र सार्वजनिक हुने दिन दिइने उक्त अवार्ड यो वर्ष मोड्रिचले पाएका हुन् । विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बल हात पारे माेड्रिचले याे अवार्ड पाउनका लागि ३ सय १३ मत पाएका थिए ।
युईएफएले बिहिबार मोनाकोमा घोषणा गरेको अवार्डमा युईएफए बर्ष खेलाडी देखि व्यक्तिगत विधातर्फ पनि रियलका खेलाडीले बाझी मारे ।
कुन विधामा को उत्कृष्ट ?
युईएफए बर्ष पुरुष खेलाडी – लुका मोड्रिच (रियल मड्रिड)
युईएफए बर्ष महिला खेलाडी – पेनिल्ले हार्डर (डेनमार्क)
युईएफए प्रेसिडेन्ट्स अवार्ड – डेभिड बेकह्याम (इंग्ल्यान्ड)
युईएफए बर्ष फरवार्ड – क्रिस्टियानो रोनाल्डो (रियल मड्रिड/ हाल युभेन्ट्स)
युईएफए बर्ष मिडफिल्डर – लुका मोड्रिच (रियल मड्रिड)
युईएफए बर्ष डिफेन्डर – सर्जियो रामोस (रियल मड्रिड)
युईएफए बर्ष गोलकिपर – केलियर नाभास (रियल मड्रिड)