The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियन खेलाडीले आफूलाई ‘ओसामा’ भनेको मोइन अलिको दाबी
इंग्ल्याण्डका अलराउण्डर मोइन अलिले अस्ट्रेलियन खेलाडीले आफूलाई खेल मैदानमै ‘ओसामा’ भनेको दाबी गरेका छन् । उनले अस्ट्रेलियाका टिमका खेलाडीहरु अशिष्ट, अभद्र, अरु व्यक्तिलाई सम्मान गर्न नजान्ने भनेर उल्लेख गरेका छन् ।
अलिका अनुसार, इंग्ल्याण्डमा सन् २०१५ मा आयोजना भएको एसेजमा उनलाई अस्ट्रेलियन खेलाडीले ,‘त्यो ओसामालाई आउट गर ’ भनेका थिए। अलिले भनेका छन् ,” अझै सम्झिन्छु, त्यसबेला म निकै रिसाएको थिएँ । क्रिकेटका दौरान म त्यति धेरै कहिले पनि रिसाएको थिइन । ” अलिले ती खेलाडीको नाम भने सार्वजनिक गरेका छैनन् ।
त्यसपछि ती खेलाडीलाई अस्ट्रेलियन टिमका तत्कालीन प्रशिक्षक लेहम्यानले सोध्दा, उनले आफूले ओसामा नभएर पार्ट टाइमर भनेको बताएका थिए । तर, अलिले भने ती खेलाडीले आफूलाई ओसामा नै भनेको तर पछि झुट बोलेको बताएका छन्।
यी कुरा अलिले छिट्टै विमोचन हुने आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । क्रिकेट अस्ट्रेलियाले यसले क्रिकेटमा मात्र नभएर समाजमा पनि गम्भीर असर पर्ने भन्दै यो कुरालाई गम्भीर रुपमा लिएको र इंग्ल्याण्ड क्रिकेट बोर्डसँगै अनुसन्धान गर्ने बताएको छ।
Source : www.smh.com.au