The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

फिफा बर्ष खेलाडीको सूची सार्वजनिक, मेस्सी परेनन्
विश्व फुटबल महासंघ फिफाले यस बर्षको उत्कृष्ट तीन पुरुष खेलाडीको सुची सार्वजनीक गरेको छ । सोमबार सार्वजनीक भएको उक्त सुचीमा शीर्ष तीन खेलाडीमा क्रिस्टियानो रोनाल्डो, मोहमद सालाह र लुका मोड्रिच परेका छन् ।
अर्जे्न्टिनी फुटबल स्टार लियोनल मेस्सी भने यस पटकको सूचीमा अटाएनन् । मेस्सी विगत केही वर्ष देखि उक्त सूचीमा पर्दै आएका थिए । तर यस पटकको सूचीले भने उनका प्रशंसकहरुलाई निराश बनाएको छ ।
हालै सम्पन्न विश्वकपको ह्याट्रिककर्ता रोनाल्डो, इजिप्टलाई विश्वकपमा छनोट गराउने सालाह र क्रोएसियालाई फाईनलमा पुर्याएका मोड्रिच फिफाको उक्त सूचीमा परेका छन् ।
त्यस्तै, वर्ष प्रशिक्षकमा रियाल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान, फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प र क्रोएसियाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक डालिस अन्तिम सुचिमा अटाएका छन् ।