Ausmandu
Connecting Nepal And Australia.

अस्ट्रेलियाका १८ वर्षे किशोर इ-स्पोर्ट्समा जितेर एउटा खेलबाट नै बने मिलिनियर

अस्ट्रेलियाका एक १८ वर्षे किशोर इ-स्पोर्ट्स जितेर मिलिनियर बनेका छन् । उनले इ-स्पोर्ट्सको एउटा खेलबाट ३ मिलियन डलर जितेका हुन् ।

१८ वर्षका अनाथान फमले क्यानाडामा भएको इ-स्पोर्ट्स टिम इभेन्ट, ‘अन्तर्राष्ट्रिय डोटा २ च्याम्पियनशिपमा’ भाग लिएका थिए । उनको टिममा उनी सहित पांच जना खेलाडी थिए । OG नाम राखिएको उनीहरुको टिमले फाइनलमा PSG.LGD लाई पराजित गरेको थियो । भ्यानकुभर रोगर्स स्टेडियममा भएको खेल हजारौं दर्शकले हेरेका थिए ।

विजेता टिमलाई १५ मिलियन डलरको पुरस्कार राशी राखिएको थियो । यो पुरस्कार राशी पछि अनाथान अस्ट्रेलियामा धेरै कमाउने खेलाडीहरु मध्येमा आएका छन् । आफ्नो इ-स्पोर्ट्स करियरलाई अगाडी बढाउनको लागि अनाथान सन् २०१६ मा चीन गएका थिए ।

Related Posts

डोटा २ five-on-five strategy खेल हो, जसमा खेलाडीहरु भर्चुअल ब्याटलफिल्डमा विपक्षी खेलाडीको बेसलाई नोक्सान पुर्याउनको लागि प्रतिस्पर्धा गर्छन् ।

Source : au.sports.yahoo.com

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept