The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियाका महान क्रिकेट खेलाडी ब्राडम्यानको सम्झनामा गूगलले बनायो डुडल
अस्ट्रेलियाका महान क्रिकेट खेलाडी सर डोनाल्ड जर्ज ब्राडम्यानको सम्झनामा गूगलले डुडल बनाएको छ । ब्राडम्यानको आज १ सय १० औं जन्मदिनको अवसरमा गूगलले डुडल बनाएको हो ।
सर डोनाल्ड जर्ज ब्राडम्यान विश्व क्रिकेटक इतिहासकै उत्कृष्ट ब्याट्सम्यान मानिन्छन् । उनको उत्कृष्ट प्रदर्शनका कारण विश्व क्रिकेट इतिहासमा उनी क्रिकेटका ‘डन’ भनेर समेत चिनिन्छन् । अस्ट्रेलिया सरकारले उनको तस्बिर हुलाकी टिकेट, सिक्कामा समेत राखेको छ ।

ब्राडम्यानले सन् १९३१ मा बनाएको विश्व रेकर्ड आज सम्म कुनै पनि खेलाडीले तोड्न सकेको छैन । त्यो समयमा आठ बलको एक ओभर हुने गर्थ्यो । ब्ल्याकहिथ ११ र लिथागो बीच भएको खेलमा उनले तीन ओभरमा शतक पूरा गरेर विश्वलाई चकित पारिदिएका थिए । त्यो खेलमा उनले १४ छक्का र २९ चौका सहित २५६ रन बनाउन सफल भएका थिए । ब्राडम्यान ब्याट्सम्यानको रुपमा मैदानमा उत्रिदा बलरहरुलाई आफ्नो बल बचाउनको लागि नै निकै मेहनत गर्नुपर्थ्यो ।

सर डोनाल्ड जर्ज ब्राडम्यानको जन्म सन् १९०८ अगस्ट २७ मा अस्ट्रेलियाको न्यु साउथ व्हेल्समा भएको थियो । ब्राडम्यानले बीस वर्षको उमेरमा सन् १९२८ बाट आफ्नो क्रिकेट करियरको सुरुवात गरेका थिए भने सन् १९४८ मा आफ्नो अन्तिम खेल खेल्दै सन्यास लिएका थिए । सन् २००१ मा ९२ वर्षको उमेरमा उनको निधन भएको थियो ।