The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियाको अन्डर १९ विद्यार्थी टिममा नेपाली मुलका युवा
नेपाली युवा विद्यार्थी प्रतिक पाण्डे नापित अस्ट्रेलियाको राष्ट्रिय फुटबल टोलीमा छनोट भएका छन् । कक्षा ११ मा पढ्दै गरेका उनी अन्डर १९ राष्ट्रिय विद्यार्थीमा टिममा छनोट भएका हुन् । अस्ट्रेलियाका अबै माध्यमिक विद्यालयबाट खेलाडी छनोट गरिएको थियो । उक्त छनोटमा पर्ने उनी एक्ला नेपाली खेलाडी हुन् ।
अस्ट्रेलियाले राष्ट्रिय फुटबल टोलीमा यिनै खेलाडीहरुलाई प्राथमिकता राख्ने गर्छ । जसले गर्दा प्रतिक अस्ट्रेलियाको राष्ट्रिय टिममा पुग्ने सम्भावना बढेको छ । अहिले उनी अहिले अस्ट्रेलियाको सिड्नीको म्यानली युनाइटेडमा अनुबन्धित छन् । म्यानली युनाइटेड यहाँको उत्कृष्ट फुटबल क्लब मधेय्को एक मानिन्छ ।
अहिले क्लबबाट स्ट्राइकरको रुपमा आफ्नो खेलकला प्रस्तुत गरिरहेका प्रतिक केही महिना पछि अन्डर १९ राष्ट्रिय विद्यार्थी टिम अन्तर्गत बेलायत, आयरल्याण्ड र स्कटल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जानेछन् । प्रतिक अस्ट्रेलियाको राष्ट्रिय टिममा छनोट भएर अस्ट्रेलियामा रहेको नेपाली समुदाय साथै नेपालको समग्र फुटबल क्षेत्रलाई योगदान दिन चाहन्छन् ।