लियोनेल मेस्सी प्रसिद्ध फुटबल खेलाडी हुन् । हाल ला लिगा टिम बार्सिलोना र अर्जेन्टिनाको लागि खेल्ने उनी आफ्नो पुस्ताका सर्वश्रेष्ठ फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन्। यहाँ मेस्सीका बारेमा केही रोचक तथ्यहरुको चर्चा गरिएको छ :
लियोनल मेस्सीको जन्म इटालीमा भएको हो । पछि स्पेनमा बसाइ सरेका कारण उनी स्पेनिस भएका हुन् ।
हार्मोनको कमीका कारण मेस्सी ११ वर्षको उमेरमा आफ्नो उमेरका अरु खेलाडी तथा साथी भन्दा होंचा थिए। जसले उनको खेल करियरमा धक्का पुग्यो।परिवारसंग उनको उपचारको लागि पर्याप्त सम्पति थिएन।
बार्सिलोनाका खेल प्रबन्धक कार्ल्स रिक्सैकलाई मेस्सीको खेल परीक्षण गरे पछि बार्सिलोनाले यदि मेस्सीस्पेन स्थान्तरित हुन तयार छन् भने उनको उपचार खर्च व्यहोर्ने शर्तमा अनुबन्ध गर्यो ।
अर्जेन्टिनाको तर्फबाट खेलेको डेब्यु खेलमा मेस्सीले ४७ सेकेन्डमै रेड कार्ड पाएका थिए।
मेस्सीले गोल गरिसकेपछि दुवै हात माथी लैजान्छन्। निधन भइसकेकी आफ्नी हजुरआमाप्रति गोल समर्पित गर्दै उनले त्यसो गरेका हुन्।
मेस्सीले आफ्नो बाँया काँधमा आफ्नी आमाको चित्र सहितको ट्याटु खोपाएका छन् ।