क्रिस्टियानो रोनाल्डोको जन्म पर्चुगलको मडेरियामा भएको हो । रोनाल्डोका बाबुले अत्यधिक रक्सि पिउने गर्थे जसले गर्दा उनीहरु गरिबीमा धकेलिएका थिए । सन् २००५ मा बाबुको मृगौलामा खराबीका कारण मृत्यु भएपछि उनकी आमाले कुक र क्लिनरको काम गरेर घर चलाएकी थिईन् । सन् २००७ मा उनकी आमालाई स्तन क्यान्सर भएको थियो।
क्रिस्टियानो रोनाल्डोका बाबुले क्लबमा काम गर्थे। रोनाल्डो बुवासंगै क्लबमा जाने गर्थे। त्यहाँ उनले फुटबल खेलेको हेर्ने मौका पाए। बच्चाको तीक्ष्ण दिमाग हुनु र लगातार हरेक दिन जसो खेल अभ्यास हेर्दा फुटबल खेलबारे सिक्दै गए । आठ वर्षको उमेरबाट क्लबमा खेल्न थालेका रोनाल्डोले दश वर्षको हुँदा आफ्नो सारा समय फुटबललाई दिन्थे भने १४ वर्षको हुँदा व्यवसायिक फुटबल खेलाडी बन्ने लक्ष्य लिईसकेका थिए।
सन् १९९५ मा रोनाल्डो पहिलो पटक क्लबमा आबद्ध भएका थिए जुन उनको सहरमै थियो । क्लबमा राम्रो प्रदर्शनका कारण पर्चुगलको एक क्लबमा ट्रायल दिने मौका पाए र ट्रायल पास गरेर उनि ‘स्पोर्टिंग सीपी’ संग आबद्ध भए । त्यस क्लबबाट उनले अन्डर १६, अन्डर १७ , अन्डर १८ हुँदै सन् २००२ मा सिनियर टिममा रहेर खेले । उनले क्लबबाट सिनियर टिममा रहेर पहिलो पटक खेलेको लेगमा दुई गोल गरेपछि क्लबहरुले उनलाई पछ्याउन थाले ।