The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

सिड्नी स्थित एक हस्पिटलमा बिरामीद्वारा नर्स माथी चक्कु प्रहार
अस्ट्रेलियाको सिड्नीमा रहेको ब्ल्याकटाउन हस्पिटलमा एक बिरामीले नर्स माथी आक्रमण गरेका छन् । सोमबार राती आफ्नो ड्युटीमा रहेकी नर्सलाई ४७ वर्षीय बिरामीले चक्कु प्रहार गरेका थिए ।
राती साढे नौ बजे देखि १० बजे बीचको समयमा ती बिरामीले अचम्मको हर्कत देखाउन थालेका थिए । उनले अरु बिरामीहरुको वार्डमा जाने फोटो लिने गर्न थाले र त्यसपछि स्टाफ रुममा गएका थिए । ३५ वर्षिया ती नर्स उनको पछिपछि स्टाफ रुममा गइन् र उनलाई फर्काउने कोसिस गरिन् । बिरामीसंग चक्कु रहेको कुरामा उनी अनभिज्ञ थिइन् ।
ती बिरामीसंग दुई वटा चक्कु थिए । उनले ती नर्सलाई आक्रमण गरे, लुगा च्यातिदिने र चक्कु प्रहर गर्ने गर्न थाले । ती बिरामीले नर्सको नाडीमा चक्कुले काटिदिएको प्रहरीले बताएको छ । त्यसपछि अर्का एक जना बिरामी नर्सलाई सहयोग गर्न आए र उनीहरुले स्टाफ रुमको ढोका बन्द गरेर बचेका थिए । चक्कु प्रहार गर्ने ती बिरामी अहिले प्रहरी हिरासतमा छन् ।
यस अघि सन् २०११ मा पनि त्यही हस्पिटलमा नै एक महिला कर्मचारी माथी एक बिरामीले चक्कु प्रहार गरेका थिए ।
Source : www.news.com.au