लभ र ब्रेकअप आजकल सामान्य जस्तै हुन लागेको छ । आज लभ परेकाहरुको पर्सि ब्रेकअप भइसक्छ ।
तर, बेलायतको एक जोडीले भने वर्तमान समयका प्रेमी प्रेमीकाहरुलाई प्रेमको गतिलो पाठ सिकाएका छन् । एरिक बोग्लिअनेले आफ्नो बाल्यपनको क्रससंग विवाह गरेका छन् ।
अचम्म लाग्दो कुरा यो हो कि, एरिकले एलेनलाई सानै उमेरमा मन पराउँथे। एरिक सात वर्षको हुँदा एलेन उनको क्रस थिइन् । एरिकले एलेनलाई त्यतिबेला नै बताउन चाहन्थे , तर हजुरआमाले उनलाई उमेर सानै भएकोले त्यस्ता कुरा नगर्न भनेर सिकाइन् ।
त्यसैले एरिकले आफ्नो भावना एलेनलाई भन्न सकेनन् । बालापनमै छुट्टीएका उनीहरुले करिब ६० वर्षसम्म एक-अर्कालाई देखेनन् , तर उनीहरुले एक-अर्कालाई भुलेका भने थिएनन् । यस्तैमा उनीहरुले फेसबुकमा एक-अर्कालाई भेटे ।
फेसबुकमा भेटीएपछि उनीहरु निकै खुशी भए । त्यसपछि लगातारको कुराकानीले झन् सामिप्यता बढ्दै गएपछि उनीहरुले गत शनिबार विवाह गरेका छन् ।
एरिकले बिबिसी संगको कुराकानीमा भनेका छन् ,” यदि फेसबुक हुँदैनथ्यो भने, हामीहरुको भेट पनि हुँदैनथ्यो होला ” ।