The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

स्टुडेन्ट भिसा होल्डरहरुलाई कम तलब दिने एक भारतीयलाई १ लाख ५० हजार डलर जरिवाना
तपाईं कतै ठगिइरहनु भएको त छैन ? चलाख बन्नुहोस्, कानुन र आफ्नो हकको बारेमा जानकारी राख्ने गर्नुहोस् ।
एक भारतीय व्यक्तिले स्टुडेन्ट भिसा होल्डरहरु, विशेषगरि भारतका विद्यार्थीहरुलाई ठग्ने गरेको खुलेको छ । उनले १२ जना विद्यार्थीहरुलाई हप्ताको २० घण्टा भन्दा बढी काम गर्न लगाउँथे , तलब कम दिन्थे , कामबाट बिदा दिंदैनथे, केहीलाई आफैले खान बस्न दिने लोभ देखाएर घरमा राख्थे र घरको सबै काम गर्न लगाउँथे ।
न्युजिल्याण्डमा पिज्जा हट संचालन गर्दै आएका दविंदर सिंहको यो हर्कत बारेमा इमिग्रेसनमा सुचना पुगेपछि अदालतले उनलाई दोषी ठहर गर्दै कारबाही सुनाएको छ । कारबाही स्वरुप उनलाई १ लाख ५० हजार डलर जरिवाना, २ सय घण्टा कम्युनिटी सर्भिसको लागि समय र ९ महिनासम्म होम डिटेन्सनको सजाय तोकिएको छ ।
Source : SBS News