The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

ब्रिसबेनमा अपरिचित व्यक्तिलाई सहयोग गर्न खोज्दा आफ्नै ‘कारज्याक’
साउथ ब्रिसबेनमा एक विद्यार्थीले अपरिचितलाई सहयोग गर्न खोज्दा आफै समस्यामा परेकी छिन् । २२ वर्षिया मह्देसा जफिर आफ्नो प्रयोगात्मक कामको लागि लोगन हस्पिटल गएकी थिइन् । सोमबार दिउँसो ३ बजे हस्पिटलबाट काम सकेर उनले नजिकैको पार्किङ्गमा पार्क गरिरहेको आफ्नो गाडी लिन गइन् ।
गाडीको ढोका निर एक अपरिचित व्यक्ति बसेका थिए । उनले सहयोग माग्दा जफिरले आफन्तलाई सम्पर्क गर्नको लागि फोन दिन सक्ने, गाडीमा लिफ्ट दिने बताईन् । जब जफिरले ती व्यक्तिलाई फोन दिइन्, ती व्यक्तिले बन्दुक निकालेर जफिरको कन्चटमा राखे र कारको चाबी मागे । त्यसपछि कार लिएर गएका उनी भेटिएका छैनन् भने जफिरको कार पनि भेटिएको छैन।

जफिरले सुरक्षित जीवनको लागि नै आफ्नो देश अफगानिस्तानबाट अस्ट्रेलिया आएको तर यहाँ पनि दिउँसो नै यस्तो अवस्था आउँदा नराम्रो लागेको बताएकी छिन् ।
Source: 7 News