Ausmandu
Connecting Nepal And Australia.

३ वर्षिया बालिकाले खेलौना सम्झेर बन्दुक पड्काउँदा आमालाई लाग्यो !

बालबालिकाको अगाडी कुनै पनि धारिलो वस्तु वा हतियार राख्नु खतरनाक हुन्छ । आमाबुवाले यस बारे ध्यान नदिंदा इन्डियानामा नराम्रो घटना घटेको छ ।

कारमा तीन वर्षीय बालिका, एक वर्षका भाइ र उनीहरुकी आमा बसिरहेका थिए। उनीहरुका बाबु केही छिनको लागि एउटा पसलमा गएका थिए । ती बाबुले बन्दुक बोकेका थिए । तर, स्टोरमा जाने बेलामा उनले बन्दुक कारमै छोडेर गए ।

यस्तैमा बालिकाले खेल्दै गर्दा बन्दुक समाएर पड्काइन् । बन्दुकबाट निस्किएको गोली उनकी आमालाई लाग्यो । गर्भवती समेत रहेकी उनकी आमा अहिले अस्पतालमा छिन् । उनको अवस्था गम्भीर तर स्थिर रहेको बताइएको छ ।

Related Posts

बालिकाले आफूले के गरें भन्ने थाहा पाएकी छैनन् । तर, उनी एकदमै डराएकी छिन् ।

तस्बिर स्रोत : सेभेन न्युज

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept