
जेफ बेजसले आफ्नो फ्रिजमा टाँगेको यो भनाइ, जसलाई उनी हरेक पटक फ्रिज खोल्दा पढ्छन्
जेफ बेजस प्रसिद्ध व्यवसायी हुन्। विश्वका धनी व्यक्तिहरु मध्ये पर्ने उनी अनलाइन बजार एमाजोनका संस्थापक हुन्। हावर्ड बिजनेस रिभ्युले जेफलाई विश्वकै सबैभन्दा राम्रो सीइओमा दोस्रो स्थानमा राखेको थियो। फोर्ब्स म्यागजिनले हालै सार्वजनिक गरेको (२०१८) तथ्याङ्क अनुसार, उनी बिल गेट्सलाई पछि पार्दै, विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । उनको सम्पत्ति हाल ११२ बिलियन डलर छ।
जेफ बेजसले आफ्नो घरको फ्रिजमा एउटा भनाइ लेखिएको कागज टांगेका छन् । राल्फ वाल्ड़ो एमर्सनको त्यो भनाइ उनले प्रत्येक दिन र हरेक पटक फ्रिज खोल्दा पढ्ने गर्छन्। उनले यो कुरा केही दिन अगाडी ट्वीट मार्फत खुलाएका छन् ।
राल्फ वाल्ड़ो एमर्सनको उक्त भनाइको अर्थ हुन्छ :
धेरै पटक खुलेर हाँस्नु, बौद्धिक व्यक्तिहरुबाट सम्मान पाउनु तथा बालबालिकाको माया पाउनु, इमान्दार आलोचकहरुले गरेको मूल्यांकन पाउनु तथा झुटा साथीहरुको धोकाबाट टाढा रहन सक्नु, अरु व्यक्तिहरुमा राम्रो पक्ष देख्नु, स्वस्थ बच्चा दिएर, बगैंचा बनाएर या समाजलाई समृद्ध बनाउन सहयोग गरेर संसारलाई सुन्दर बनाउन योगदान गर्नु , आफू बाँचेकोले गर्दा कोही व्यक्तिले सजिलो संग सास फेर्न पाएको छ भन्ने महसुस गर्ने अवस्था आउनु भनेको नै सफलता प्राप्त गर्नु हो ।
Love this quote. It’s been on my fridge for years, and I see it every time I open the door. #Emerson pic.twitter.com/kN8HjM4bOI
— Jeff Bezos (@JeffBezos) May 5, 2018