The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

बिजनेस छोडेर शिक्षक बन्दै ज्याक मा
चीनको सबैभन्दा धनी तथा एसियाको दोस्रो धनी व्यक्ति ज्याक माले आफ्नो व्यवसायिक जीवन छोडेर शिक्षण पेशामा लाग्ने योजना बनाएको बताएका छन् । सोमबार ५३ वर्ष पुगेर ५४ वर्ष लागेका ज्याक माले आफूलाई शिक्षा क्षेत्र तथा शिक्षण पेशा मन पर्ने बताएका हुन् । ज्याक मा व्यवसायी बन्नु अगाडी अंग्रजी विषयका शिक्षक थिए ।
ज्याक मा हाल चीनको अन्तर्राष्ट्रिय कम्पनि अलिबाबा ग्रुपका एग्जीक्युटिभ चेयरम्यान हुन् । ज्याक माले सीईओको पद सन् २०१३ मै छाडिसकेका थिए । आफ्नो जन्मदिन तथा अलिबाबाको बीसौं वार्षिकोत्सवको दिनमा बोल्दै उनले डेनियल झेंगलाई अर्को वर्ष सेप्टेम्पर १० मा अध्यक्षको पद हस्तान्तरण गर्ने बताएका छन् । तब सम्ममाले उनलाई साथ लिएर काम गर्नेछन् । सीईओ पद सम्हालेपछि डेनियलले शानदार प्रदर्शन गरेको भन्दै उनले उक्त निर्णय लिएको बताएका हुन् ।
ज्याक सन् २०२० मा ग्रुपको वार्षिक शेयरहोल्डर बैठकसम्म बोर्डमा कायम रहनेछन् । व्यवसायिक जीवनबाट विश्राम लिएपछि उनले शिक्षक बन्ने निर्णय गरेका छन् । एक अन्तर्वार्तामा उनले आफ्नो लागि सीइओ बन्नुभन्दा शिक्षक बन्नु राम्रो भएको बताएका छन् । Source : www.smh.com.au