The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

७१ वर्षिया यी बडीबिल्डर, जो ५९ वर्षको उमेरमा जीम जान सुरु गरेकी थिइन्
अमेरिकाकी जोसेफिना मोनास्टेरियोले पी.एच.डी सम्मको अध्ययन गरेकी छिन् । उनी शिक्षण पेशामा आबद्ध थिइन् । तर पछिल्लो समयमा जोसेफिना बडीबिल्डिंग च्याम्पियनको रुपमा चिनिन्छिन् ।
५९ वर्षको उमेरमा एक जना जीम प्रशिक्षकले जोसेफिनालाई स्वस्थ शरीरको लागि व्यायाम जरुरी भएकोले जीम जान सुझाव दिए । जीम जाँदा जाँदै उनलाई त्यसप्रति यति लगाव भयो की, निरन्तर रुपमा लागिपरेर उनी बडीबिल्डर नै बनिन् ।
हाल ७१ वर्ष पुगेकी जोसेफिना विभिन्न बडीबिल्डिंग च्याम्पियनशिप प्रतियोगितामा भाग लिने गर्छिन् र विभिन्न अवार्ड जितेकी पनि छिन् । उनी आफ्नो मनले चाहेमा व्यक्तिको लागि उमेर कुनै पनि कुरालाई बाधक नबन्ने बताउँछिन् ।
Video Source :