The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

करियरमा इन्जिन फेल भएपछि पनि गरिएको सेफ ल्यान्डिंग
जब मैले मेरा बुवाआमालाई म पाइलट बन्न चाहेको कुरा सुनाएँ, बुवाले स्वीकृति दिन सक्नुभएन । किनकि पाइलट कोर्स पूरा गर्नको लागि म अमेरिका जानुपर्थ्यो र त्यसको लागि भा. रु २५ लाख लाग्थ्यो । तर, आमाले भने मेरो चाहना र लक्ष्य जसरी भएपनि पूरा गरिदिने प्रयास गर्नुभयो । आमाले बुवालाई पनि मनाउनुभयो । यसरि मैले पाइलटको लागि सुरुवाती तालिम लिन थालें ।
तालिम सकीसकेपछि म अगाडी बढ्नको लागि जागिर खोज्न थालें । तर दुई वर्षसम्म मैले जागिर पाइन । घरमा यत्तिकै बसिराखें। म आफूलाई आफ्नै जिन्दगी बोझ लाग्न लाग्यो, आफू परिवारको लागि बोझ भैरहेको छु भन्ने महसुस हुन थाल्यो । छिमेकी र नातेदारहरुले आमाबुवालाई ” छोरीलाई बेकारमा धेरै खर्च गरेर पढाएको ” , ” बरु मेडिकल पढाएको भए यस्तो हुँदैनथ्यो” भन्ने सुझाव दिन थाले । मैले पनि ती कुराहरुलाई स्विकार्न थालिसकेकी थिएँ ।
घरमा बस्दा-बस्दा दिक्क भएपछि मैले एयर होस्टेज को जागिर खोज्न थालें । एयर होस्टेज को जागिरको लागि दिएको परिक्षा तथा अन्तर्वार्तामा म चार पटक सम्म फालिएँ । त्यसपछि पाँचौं पटकमा म एयर होस्टेज को जागिरको लागि छानिएँ । मैले अब कमाउन थालें, एक हिसाबले म केही खुशी पनि भएँ । तर, मेरो लक्ष्य एयर होस्टेज बन्नु थिएन, पाइलट बन्नु थियो । एयर होस्टेजको रुपमा फ्लाइटमा हिंड्दा म ती पाइलटहरुको ठाउँमा आफू भएको सपना देख्थें । तर, पाइलट हुनको लागि सजिलो थिएन, पांच वटा परिक्षा पास गर्नुपर्ने थियो । त्यसैले पढ्ने समय मिलोस् भनेर मैले ग्राउण्ड स्टाफको रुपमा जागिर खोजें ।
जागिर सजिलो थिएन, १२ घण्टा जागिर र तीन घण्टा यात्रा गर्नुपर्थ्यो । मलाई थाहा थिएन, म कसरि १५ घण्टा काम गरेर पढाइको लागि पनि समय निकाल्नेछु । तर, मैले हिम्मत गरें, मलाई पाइलटको त्यो पोशाक लगाउनुथियो, सपनाको उडान भर्नु थियो । मैले पागल जसरि पढ्न थालें। खाना खाँदै गर्दा, शौचालय जाँदा, गाडीमा, जहाँ पनि मैले पढ्न थालें । केही काम नगरी परिक्षाको तयारीमा जुटिरहेका विध्यार्थीसंगा मैले प्रतिस्पर्धा गर्न सक्ने छु या छैन, पास भएपछी पनि ट्रेनिंगको लागि चाहिने भा.रु २० लाख मैले कहाँबाट ल्याउनेछु भन्ने पनि मलाई थाहा थिएन । तर मलाई पाइलट बन्नु थियो । उता मेरो बुवाआमाले मेरो अगाडीको पढाइको सपना देख्न छोडिसक्नु भएको थियो र विवाहको लागि केटा खोज्न सुरु गरिसक्नुभएको थियो । तर, मैले परिक्षा दिएरै छोडें ।
परिक्षा दिएर बस्दा म २७ वर्षकी थिएँ, विवाहको दबाब बढ्न थालेको थियो, बैंकको मेरो खातामा ६ सय रुपैयाँ मात्र थियो, तर म पास भइहालें भने पनि मैले लाखौँ रकम जुटाउनु पर्ने थियो । मलाई थाहा थिएन, त्यो कसरि सम्भव हुनेछ । रिजल्टको दिन आयो, र त्यो दिन मेरो जीवनको जादुमय दिन बन्यो । मैले त्यो परिक्षामा भारत टप गरेछु । मैले आफ्नो अगाडीको पढाइ तथा तालिमको लागि पूर्ण छात्रवृत्ति पाएँ ।
पाइलट बन्नको लागि कोसिस गरेको सात वर्ष पछि मैले पाइलटको युनिफर्म लगाउन पाएँ । मानिसहरु महिला पाइलट देखेर झुम्मिन थाले, हेर्ने, फोटो लिने गर्न थाले । साना बालिकाहरुले आफू पनि म जस्तै बन्ने भन्दै अटोग्राफ लिन आउन थाले ।
पाइलटलाई तालिम दिंदा सिकाइन्छ कि, यदि अप्ठ्यारो परिस्थिति आयो, इन्जिन फेल भयो भने पनि नआत्तिनु, म सुरक्षित तरिकाले अवतरण गर्नेछु र म सुरक्षित रुपमा अवतरण गर्न सक्छु भन्ने कुरा मनमा लिएर, आत्मविश्वासका साथ जहाजलाई अवतरण गराउनुपर्छ । र, मेरो जीवनमा पनि ठ्याक्कै त्यस्तै भयो ।
– पाइलट अंकिता ( Source : Humans of Bombay )