The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

१५ वर्षको उमेरमा आविष्कारक बनेका ज्याक
मेहनत वा कामको लागि उमेरको पावन्दी हुँदैन । सानो उमेरमा काम गर्ने व्यक्तिले ठूलो औपचारिक शिक्षा बिना पनि सफलता हासिल गर्न सक्छन्। यसको उदाहरण हुन्, ज्याक एन्ड्राका।
ज्याक एन्ड्राकाले १५ वर्षको हुँदा नै एउटा ‘आइडिया’ ल्याए । त्यो प्यानक्रियाटिक क्यान्सरको जाँच सम्बन्धि थियो । त्यतिबेला ठूला वैज्ञानिक, चिकित्सक र मेडिकल संस्थाहरुले आविष्कार गरेको र प्रयोग गर्ने गरेको जाँच जटिल र महँगो थियो ।
ज्याकले आफ्नो आइडियाले सजिलो तरिकाले र सस्तो मूल्यमा प्यानक्रियाटिक क्यान्सरको जाँच गर्न सकिने भन्दै अनुसन्धान तथा परिक्षण ल्याबहरुमा प्रस्ताव लिएर गए । उनले प्रस्ताव लिएर गएका १ सय ९९ वटा ल्याबले प्रस्तावलाई अस्विकार गरे । तर उनले हार मानेनन् ।
ज्याक २०० औं पटकको पालोमा बाल्टिमोरको जोन्स हप्किन्स युनिभर्सिटीमा गए र त्यहाँ उनको प्रस्ताव स्वीकार गरियो। त्यहाँ ज्याकले आफ्नो आइडियालाई मूर्त रुप दिनको लागि परिक्षण गरे जुन परिक्षण सफल भयो । त्यसपछि उनको त्यो जाँच विधि नै प्रयोगमा आउन थाल्यो, जुन जाँच विधि अघिल्ला विधिहरुको तुलनामा सैयौं गुणा सजिलो तथा भरपर्दो र २६,००० औं गुणा सस्तो भयो ।
ज्याक अहिले आफ्नो पढाइसंगै अनुसन्धानमा व्यस्त छन्। उनी अहिले २१ वर्षका भए।