Ausmandu
Connecting Nepal And Australia.

हँसाउने चार्ली च्याप्लिनको संघर्षको कथा

चार्ली च्याप्लिनका भिडियोहरु अहिले पनि हेरेर जोकोही हाँस्न सक्छ । त्यो संसार हँसाउने उनको कलाको पछाडी ठूलो संघर्ष लुकेको छ। जुन संघर्षको कथाले जोकोहीलाई भावुक बनाउन सक्छ ।

चार्ली च्याप्लिन २ वर्षको हुँदा उनका आमा बाबु छुट्टीएर बसे । बाबुले परिवारको वास्ता नगरेपछि उनीहरुको घरको आर्थिक स्थिति कमजोर भयो । चार्लीकी आमाको कला यात्राले राम्रो गर्न सकेन र उनले साना-तिना कामहरु गर्न थालिन् । त्यति कमाईले आमा, चार्ली र भाईको जीवन गुजार्न कठिनाई भयो । जसले गर्दा चार्ली ७ वर्षको हुँदा सुरक्षा गृहमा पुर्याइए।

सन् १८९८ मा जतिबेला चार्ली ९ वर्षका मात्र थिए, उनकी आमा मानसिक बिरामी भईन् । केही समयपछि निको भएकी आमा अस्पतालबाट आईन् तर चार्ली १४ वर्षको हुँदा उनि फेरी बिरामी परिन् । यतिबेला चार्लीले आमालाई उपचारको लागि लागे । चार्ली कैयौं दिन भोकभोकै र नसुती भौतारीरहे । ८ महिनापछि आमा निको भएर अस्पतालबाट फर्किन् । तर केही वर्ष पछि त्यहि मानसिक रोगको कारणले नै उनकी आमाको मृत्यु भएको थियो।

Related Posts

चार्ली च्याप्लिनले गुडिया बनाउने, जुत्ता पालिस गर्ने आदि काम गरेर पैसा कमाउँथे र बचेको समयमा थिएटर एजेन्सी धाउँथे । यसै क्रममा १४ वर्षको हुँदा उनले एउटा टेलीभिजन कार्यक्रममा न्युजबोएको रोल पाए । असफलताको कारणले गर्दा उक्त कार्यक्रम दुई हप्तामै बन्द भयो । तर विभिन्न अवरोधका बावजुद पनि उनि आफ्नो इच्छाशक्तिलाई जोगाईराखे । १८ वर्षीय चार्ली च्याप्लिन कमेडियन स्टारको रुपमा निस्किए । तर उनले सुरुमा एक्लैले गरेका शोहरु सफल भएनन् ।उनले विस्तारै कामहरु खोज्दै गए र कलाकारितामा विभिन्न अनुभवहरु संगाल्दै आफ्नो छुट्टै स्थान बनाए ।

 

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept