The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियाकी २७ वर्षिया युवतीले आफ्नो मृत्यु अघि लेखेको पत्र, जुन संसारभर फैलियो
अस्ट्रेलियाकी २७ वर्षिया युवती होली बुचरको रक्त क्यान्सरका कारण निधन भएको छ । रोगका कारण थलिएर र मृत्यु आउन केही दिन मात्र बाँकी छ भन्ने थाहा हुँदा, मान्छेको दिमाग र मनभित्र के खेल्छ होला ? होलीले आफ्नो मृत्युको केही दिन अगाडी मात्र सामाजिक संजाल फेसबुकमा आफ्ना ती भावना र विचार लेखिन् । उनले दुनियाँ छोडेर गएतापनि उनको त्यो पोस्ट अहिले विश्वभर फैलीरहेको छ ।
उनले लेखेको त्यो पोस्टको भाव यस्तो छ :
” हामीले बाँचुन्जेल समय खेर फालिरहेका हुन्छौं, तर त्यो समय अमूल्य छ। म अहिले सोंच्दै छु, म अझै केही दिन बढी बाँच्न पाए ! मानिसहरु सानातिना कुरामा पनि अल्झिएर तनाव झेलिरहेका हुन्छन्। ती सानातिना तनावले बाँच्न बिर्सिएछ भन्ने आभास हुन्छ, जब तिमी मृत्युलाई कुरेर बिस्तारामा लडिरहेका हुन्छौ। तिम्रो भन्दा ठूलो तनाव यो बेला अरु कसैलाई हुँदैछ, तिमीले भन्दा ठूलो समस्या यो बेला अरु कसैले भोग्दैछ। खुशी भएर, समस्याले दिएको चुनौतीलाई स्वीकारेर बाँच, किनकी तिमी आज बाँच्न पाएका छौ। मानिसहरु पेट ठूलो भयो, मेरो यो अंग मिलेन भनेर दु:ख मानिरहेका हुन्छन्। मैले मेरै अगाडी मेरो आफ्नो शरीर कुरुप भइरहेको, सिद्धिरहेको देखेकी छु र अहिले मलाई लागिरहेको छ की , मैले मेरो अझै एउटा जन्मदिन मनाउन पाए ! अझै एउटा क्रिसमस मेरो परिवार संगै मनाउन पाए ! मानिसहरु काम गर्नुपरेकोले गुनासो गर्छन् । खुशी होऊ, तिमीले काम गर्न पाएका छौ, तिम्रो शरीर काम गर्न सक्ने छ र तिमीले भोली बिहान उठ्दा म बाँचेको हुन्छु भन्ने विश्वासका साथ भोली बनाउन आज काम गरिरहेका छौ । ………………..”
होली बुचरको पोस्ट यहाँ पढ्न सक्नुहुन्छ :
तस्बिर: होली बुचरको फेसबुक वालबाट