The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

एडल्फ़ हिटलर
एडल्फ़ हिटलर तानाशाही शासकको रुपमा चिनिन्छन् । दोस्रो विश्वयुद्ध सुरु हुनुको केन्द्रिय पात्रको रुपमा लिइने उनी जर्मनीका क्रुर शासक थिए । हिटलर नाम विश्वभर परिचित उनको जन्म १८८९ अप्रिल २० मा भएको थियो ।
यस्तो थियो उनको जीवनकथा :
प्रारम्भिक जीवन
एडल्फ़ हिटलरको जन्म अष्ट्रियामा भएको हो । उनी एलोइस हिटलर र क्लारा पोल्ज्लका छ सन्तान मध्ये चौथो सन्तान हुन् । हिटलर ३ वर्षको हुँदा उनको परिवार अष्ट्रियाबाट जर्मनी सरेको थियो । उनी स्कुलमा पढ्दा एकदमै तेज विद्यार्थी थिए , त्यसैले सबैको प्रिय पनि थिए । हिटलरको ललितकलामा विशेष रुची थियो । तर उनका बुवा भने उनलाई ललितकलामा लाग्न दिनको लागि सहमत थिएनन् । त्यसैले हिटलरले आफ्ना बुवालाई मन पराउन छोडे र उनको परिवारसंगको सम्बन्ध टाढियो । उनले आमालाई भने असाध्यै माया गर्थे । सन् १९०८ मा आमाको क्यान्सरका कारण निधन भएपछि उनी विक्षिप्त भए । युवा अवस्थामा नै उनले एस्ट्रो-हंगेरीलाई घृणा गर्थे र जर्मनी राष्ट्रियताप्रति आकर्षित थिए ।
ललितकलामा रुचि भएका हिटलरले १६ वर्षको उमेरमा स्कुल जान छोडे र चित्रकार बन्ने लक्ष्य लिएर भियन्ना गए । उनले भियनिज एकेडेमी अफ फाइन आर्ट्समा पढ्नको लागि आवेदन दिए । तर दुई पटक सम्म पनि उनी छनोटमा परेनन् । त्यपछि नै उनले मार्क्सवादी र हस्बर्ग शासकलाई घृणा गर्न थालेका थिए । घर छोडेर हिंडेका उनी त्यहाँ बस्दा घर विहिन थिए। हिटलर त्यहाँ कैयौं दिन भोकभोकै बसे । त्यसपछि उनले बिस्तारै चित्रहरु बनाएर बेच्न थाले र त्यसैबाट खानपिनको जोहो गर्न थाले । त्यतिबेला उनी मान्छेहरु जम्मा भएको ठाउँमा, क्याफेमा, पसलमा जान्थे र मान्छेहरुका कुरा सुन्थे । ती कुराहरु ‘ग्रेटर जर्मनी’, ‘यहुदी’ बारेमा हुन्थे । त्यहाँ नै उनमा विचार उत्पन्न भयो कि, सबै समस्याको जड यहुदीहरु हुन् ।
राजनीतिक यात्रा
सन् १९१३ मा हिटलर भियन्नाबाट मुनिच गए । त्यहाँ १६ औं दौड सेनामा भर्ति भए र साहसिक प्रदर्शन गरेका उनले आइरन क्रसबाट सम्मान पाए। पहिलो विश्व युद्धको समयमा जर्मन क्रान्तीमा उनी दुई पटकसम्म गम्भीर घाइते भएका थिए । केही समयको लागि उनको दृष्टि नै गुमेको थियो । निको भएपछि सन् १९१९ मा हिटलरले सानो एउटा शक्तिशाली समूह जर्मन मजदुरपार्टीको सदस्यता लिए । त्यसपछि उनले पार्टीको नाम फेरेर राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी पार्टी) बनाए। सन् १९२१ मा हिटलरले उक्त पार्टीको प्रमुख आफू भएको घोषणा गरेका थिए ।
राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टीको लागि हिटलरले स्वस्तिक चिन्ह दिएका थिए। उनले स्वस्तिक अर्थ समृद्धि भनेर हिन्दुहरुले प्रयोग गर्ने उक्त चिन्ह रोजेका थिए । हिटलरको नेतृत्वदायी क्षमता र उनको भाषण शैलीले गर्दा केही समयमा नै उक्त पार्टीमा ३० हजार जनाले सदस्यता लिएका थिए । त्यसपछि उनले आफ्नो पार्टीको सैन्य संरचना बनाए ।
सन् १९२३मा उनले एक ‘कु’को असफल असफल प्रयास समेत गरेका थिए । सोहि असफल कुको कारणले उनी जेलमा परे जहाँ उनले आफ्नो संस्मरण मेरो संघर्ष लेखे । सन् १९२४मा जेलमुक्त भएपछि उनी भर्साइल्सको सन्धिको कडा आलोचना गरी तथा बृहत जर्मन (विशेष गरी भाषिक कारणले), यहूदीबिरोधी र कम्युनिष्ठबिरोधी गतिविधिलाई आफ्नो विशिष्ट वक्तिक्त्व कलाद्वारा समर्थन गरी लोकप्रियता हासिल गरे । तर, सन् १९२८ को निर्वाचनमा जर्मनीको अर्थतन्त्रमा देखापरेको चुनौतीले गर्दा जनताले उनलाई भोट नदिने निर्णय गरे र हिटलरको पार्टीले मुस्किलले १२ सिट मात्र जित्यो।
निर्वाचन हारेपनि हिटलरले हारेनन् । उनी पछाडी हट्न चाहेनन् र नेतृत्वदायी भूमिकामा झन् सशक्त बनेर आए । फलस्वरूप : १९३० को निर्वाचनमा उनको पार्टीले १०७ सिट सहित विजय हासिल गर्यो । त्यही वर्ष नै हिटलरले औपचारिक रुपमा जर्मनीको नागरिकता पाए र राष्ट्रपतिको लागि लागि लडे । तर उनलाई वोन हिंडेंबर्गले हराएका थिए।
सन् १९३२ मा भएको निर्वाचनमा नाजी पार्टी सबैभन्दा ठूलो पार्टी बनेपछि सन् १९३३मा हिटलर जर्मनीको चान्सलरमा नियुक्त भए । सन् १९३४ मा वोन हिंडेंबर्गको निधन भएपछी जर्मनीको सत्ता हिटलरको हातमा आएको थियो । उनले गणतान्त्रिक जर्मनीलाई नाजी विचारधारामा आधारित एकदलीय, अधिनायकवादी, निरंकुश शासनमा रूपान्तरण गरे । उनको उदेश्य युरोपमा एकतन्त्रिय नाजी व्यवस्थाको स्थापना गर्नु थियो । त्यसपछि उनले सन् १९३५ बाट जर्मनीको सैन्य संरचनालाई पांच गुणा ठूलो बनाउन थाले। त्यसपछि उनले जर्मनीले हस्ताक्षर गरेका विभिन्न सन्धिहरु विरुद्ध काम गर्न थाले।

हिटलरले सन् १९३९ सेप्टेम्बर १ मा पोल्याण्डमा सेना पठाए, जुन दोश्रो विश्वयुद्धको शुरुवात थियो । पोल्याण्डपछि होल्याण्ड, बेल्जियम र फ्रान्समा जर्मनी सेनाले दमन गर्न थाल्यो । त्यसपछि हिटलरले बेलायतमा आक्रमण गर्न चाहन्थे । तर बेलायत झुक्ने संकेत नदेखेपछि उनले बेलायतमाथिको आक्रमण केही समयको लागि रोके र इटालीको सेनासंग मिलेर अन्य ठाउँमा आक्रमण गर्न थाले । त्यसपछि उनले रुससंग गरेको सम्झौताको पनि उलंघन गरे। उनलाई रुसलाई आक्रमण गरेर बेलायतलाई कमजोर बनाउनु थियो । तर रुस जर्मन सेनाको सामु झुकेन ।
हिटलरको शासनकालमा जर्मनी तथा उसको सहयोगी राष्ट्रहरूले युरोपको धेरै भुभाग तथा उत्तरी अफ्रिकामाथि कब्जा जमाएका थिए । तर सन् १९४३मा हिटलरको केहि सैन्यिय निर्णयहरूको कारणले तीब्र पराजयहरू ब्यहोर्नुपर्यो । सन् १९४५मा मित्र राष्ट्रको सेनाले जर्मनीमाथि सजिलै विजय हासिल गर्यो । हिटलरको आफ्नो बर्चस्व तथा रंगभेदी नीतिनले गर्दा एघार करोड मानिसको ज्यान गयो जसमध्ये करिब साठी लाख यहूदी मात्र थिए ।
यो युद्धमा अमेरिका मिलेपछि हिटलर कमजोर बनेका थिए । त्यतिबेला उनको स्वास्थ्यमा समेत खराबी देखिएको थियो । सन् १९४२ मा जर्मनीको हार प्रष्ट देखियो । हिटलरले स्वीकारे की, उनको सैन्य शक्ति कमजोर छ। त्यसपछि हिटलरले यहुदीहरु माथि झन् ताण्डव मच्चाउन थाले । कति मारिए, काटीए र कति जिउंदै जलाइए । आफूले हारेको संकेत पाएपछि पनि हिटलरले जर्मनीमा लडाईं मच्चाए, कैयौं विस्फोट गराए । किनकी, उनको चाहना थियो, यदि आफू हारेर मरें भने, जर्मनी पनि नरहोस् ।
युद्धका अन्तिम दिनहरूमा सन् १९४५मा बर्लिनको लडाईंताका हिटलरले आफ्नो लामो समयदेखिकी प्रेमिका इभा ब्राउनसँग विवाह गरे । तर त्यसको २ दिन पश्चात ३० अप्रिल् १९४५मा लाल सेनाबाट सम्भावित गिरफ्तार नहुन दुवै जनाले आत्महत्या गरे । भनिन्छ, हिटलरले आफ्नी प्रेमिका र आफूलाई मुख भित्र गोली हानेर मारेका/ मरेका थिए ।
यसरी एउटा तेज दिमागको विद्यार्थी तानाशाह र करोडौंको हत्याको कारण बन्यो । कलाले संसार रंगाउन निस्केको चित्रकार, बाटो बिराउँदा संसारलाई कुरुप बनाउने व्यक्तिको रुपमा चिनिन पुग्यो । आफ्नो क्षमतालाई गलत रुपले प्रयोग गरेकै कारण, आफ्नो लक्ष्यलाई गलत बाटोबाट हिडाएका कारण, संसार जित्न निस्किएको योद्धाले पक्राउ पर्ने डरले आत्महत्या गर्यो ।