नेपालको भरतपुर स्थायी घर भइ विगत केही वर्ष देखि अस्ट्रेलियाको मेलबर्नमा बस्दै आउनुभएका टिका नाथ रिजालको जीवनमा अकस्मात एक कठीन परिस्थितिको सिर्जना भएको छ । यो कठीन परिस्थितिमा सम्पूर्ण नेपाली समुदायलाई सहयोगी हात अगाडी बढाउनको लागि हार्दिक अपिल गरिएको छ ।
३४ वर्षीय रिजाल परिवार सहित अस्ट्रेलियामा बस्दै आउनुभएको छ । उहाँको एउटा सानो बच्चा समेत छन् । केही समय अगाडी क्यान्सर रोग लागेको थाहा पाएपछि उहाँ र परिवारले उपचारको लागि हरसम्भव प्रयास गरिरहेको छ । भारतको मेदान्त अस्पतालमा उहाँको उपचार हुने सम्भावना देखिएकोले उहाँ छिट्टै उपचारको लागि भारत जाँदै हुनुहुन्छ ।
रिजाल कम्पस मेलबर्नमा कार्यरत हुनुहुन्छ । कम्पस मेलबर्नले उहाँलाई सक्दो सहयोग गरिरहेको छ भने सहयोग संकलनको लागि Go Fund me मा जानकारी समेत राखेको छ ।