Ausmandu
Connecting Nepal And Australia.

अस्ट्रेलियामा रिमेक गरियो ‘चुलेसिमा’ गीतको म्युजिक भिडियो

नेपाली लोकप्रिय सदावहार ‘चुलेसीमा’ गीतको अस्ट्रेलियामा रिमेक गरिएको छ । अस्ट्रेलियामा रहेर पनि नेपाली गीत संगीतको प्रबर्द्धनको लागि लागिरहेका सुनोद श्रेष्ठले ‘चुलेसी’ मा गीतको रिमेक म्युजिक भिडियो ल्याएका हुन् ।

‘चुलेसी’ बोलको गीतमा प्रकट पंगेनीको शब्द, सुनिल बर्देवाको कम्पोज र संजीव सिंहको स्वर रहेको छ । लोकप्रिय गायक तथा कम्पोजर सुनिल बर्देवाको सम्झनामा रिमेक गरिएको म्युजिक भिडियो अस्ट्रेलियाको मेलबर्न शहरमा छायांकन गरिएको हो ।

सुनोद श्रेष्ठले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा सुनोद श्रेष्ठ स्वयं र एन्जी मुल्मी श्रेष्ठले अभिनय गरेका छन् । भीम गोपाल इन्टरनेन्टमेन्टले निर्माण गरेको म्युजिक भिडियोलाई जीवन रसाइलीले सम्पादन गरेका हुन् ।

Related Posts

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept