अष्ट्रेलियाको सिड्नीमा वसोवास गर्दै आएका बिशाल गौतमले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । यसअघि ‘गाजलु आँखाले’ म्युजिक भिडियो ल्याएर दर्शक-श्रोताको माया बटुलेका उनले अहिले ‘नजाऊ रेलिमाई’ बोलको म्युजिक भिडियो ल्याएका हुन् ।
बिशाल गौतम सांगीतिक क्षेत्रमा बहुप्रतिभाशाली युवा हुन् । यसअघिको गीतमा जस्तै ‘नजाऊ रेलिमाई’ मा पनि शब्द, संगीत तथा स्वर बिशाल स्वयम्को रहेको छ । गीतमा शब्द संयोजन उदय राज पौडेलले गरेका हुन् ।
सुन्दा रमाइलो र नाचूँ नाचूँ लाग्ने उक्त गीतमा भीमफेदी गाइजले नृत्य गरेका छन् । म्युजिक भिडियोमा नायिकाको भूमिकामा सृष्टि खड्काले अभिनय गरेकी छिन्। म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् भने पवन पुस्लिंगले सम्पादन गरेका हुन् । ज्ञानेन्द्र शर्माले छायांकन तर्फ प्रशंसायोग्य काम गरेका छन् ।