Ausmandu
Connecting Nepal And Australia.

अष्ट्रेलियामा बन्यो ‘भन्छु आज’ गीतको कभर भिडियो

अष्ट्रेलियाबाट कभर भिडियो मार्फत ‘भन्छु आज ‘ भन्दै आए सन्जय सेन्चुरी अष्ट्रेलियाको मेलबर्नमा बस्दै आएका सन्जय सेन्चुरी विगत केही समय देखी भिडियो छायांकन तथा निर्देशनमा लागेका छन् ।

विद्यार्थी जीवनमा आफ्नो रुचीलाई पछ्याएर यसमा करियरको बाटो खोज्न सकिन्छ भन्नको लागि उनी एक गतीलो उदाहरण हुन् । उनले आफ्नो करियरको सुरुवाती दिनमा अष्ट्रेलियाबाट नै विभिन्न नेपाली गीतहरुक कभर भिडियो बनाएका छन् ।

हालै मात्र सन्जयले एक नयाँ कभर भिडियो लिएर आएका छन् । ‘ए मेरो हजुर’ चलचित्र र ‘म यस्तो गीत गाउँछु ‘ चलचित्रको दुई गीतलाई मिलाएर सन्जयले कभर भिडियो तयार गरेका हुन् ।

Related Posts

सन्जयले निर्देशन गरेको यो दोस्रो कभर भिडियो हो । मेलबर्नको रमणीय ठाउँहरुमा छायांकन गरिएको यस कभर भिडियोमा सुशान्त योञ्जन, मन्दिरा शर्मा,र डिकेन लामाले अभिनय गरेका छन् । भिडियोलाई ‘बाबा फिल्म्स प्रोडक्सन’ ले बजारमा ल्याएको हो ।

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept