The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

रक्सी बढी पिउने व्यक्तिहरुमा देखिन सक्छन् यस्ता जटिल समस्याहरु
केही छिनको रमाइलोको लागि रक्सी पिउने बानीले जटिल समस्याहरु निम्त्याइदिन सक्छ। थोरै मात्रामा अनियमित तरिकाले पिउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिएता पनि, यदि त्यो बानीको रुपमा विकास भयो भने दिर्घकालिन असरहरु देखिन थाल्छन् । अमेरिकाको ‘नेशनल इन्स्टिच्युट अन अल्कोहल अब्युज एण्ड अल्कोहलिज्मका अनुसार, रक्सी बढी मात्रामा र नियमित रुपमा पिउने व्यक्तिहरुमा यी समस्याहरु देखिन थाल्छन् :
रक्सी पिउदा सुरुमा त पीर कम भएजस्तो, दु : ख बिसाएजस्तो लाग्छ । तर, रक्सीको मात्रा बढ्दै गएपछि त्यसले शरीरका विभिन्न अंगमा असर गर्दा शरीर कमजोर हुन्छ । त्यसले हिनताबोध निम्त्याउने हुँदा मानसिक रोगको शिकार बन्न सकिन्छ।
रक्सी बढी पिउंदै जान थालेपछि खानामा सन्तुलन हुँदैन । रक्सी संग खाइने खानेकुराले मोटोपन बढ्न सक्छ भने, पछि रक्सीले खाना खाने चाहना मार्दै लैजनाले शरीर सुक्दै जान पनि सक्छ ।
रक्सीको मात्रा बढ्दै जाँदा त्यसको दिमागी असर पनि बढ्दै जान्छ। रक्सी पिएपछि केहिछिन झुम्म हुने बढ्दै जाँदा छोटो समयको लागि स्मरणशक्ति गुम्ने रोग ( सर्ट टर्म मेमोरी लस ) पनि हुन सक्छ ।
रक्सीले आन्द्रालाई मोटो बनाइदिन्छ, मृगौला खराब गरिदिन्छ र क्यान्सर रोगलाई पनि बढावा दिन्छ । रक्सी पिउनेहरुमा अत्यधिक देखिने क्यान्सर घांटीको क्यान्सर हो ।
रक्सी बढी पिउने व्यक्तिको रगतमा असर हुन्छ, तापक्रम उच्च रहन्छ, आवेशमा आउने हुन्छ। आदि कारणले उच्च रक्तचापको जोखिम हुन्छ ।
रक्सीले मानिसलाई जित्दै गएपछि उसमा सोंच्न सक्ने क्षमता कम हुँदै जान्छ भने बेहोसीपन बढ्न थाल्छ। जसले गर्दा एच.आइ.भी जस्ता प्राणघातक रोग सर्न सक्ने खतरा हुन्छ ।