The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

स्टिभ जब्सबारे रोचक तथ्यहरु
स्टिभन् पाउल जब्स अर्थात स्टिभ जब्स २४ फेब्रुअरी १९५५ मा क्यालिफोर्निया, अमेरिकामा जन्मिएका थिए । स्टिभ जब्सलाई विश्वप्रख्यात स्माटफोन आइफोनका जन्मदाता मानिन्छ। जब्सको जीवनमा आधारित थुप्रै जीवनी तथा डकुमेन्ट्रीहरु बनेका छन् । तर यहाँ उनको बारेमा केही त्यस्ता रोचक तथ्यहरु रखिएको छ, जुन धेरैलाई थाहा नहुन सक्छ :
स्टिभ जब्स जन्मेपछि उनकी आमाले उनलाई अरुलाई पाल्न दिएकी थिइन्। स्टिभ जब्सकी आमा जोआन स्किब्लले अब्दुलफताह जन्दालीसंगको सम्बन्धमा उनलाई जन्म दिएकी थिइन् । तर स्टिभ जब्सकी आमाको परिवारले मुसलमान भएका कारण अब्दुलफताहलाई ज्वाईं नस्विकारेपछी उनले आफ्नो माइतीको इज्जत जोगाउन बच्चा जन्मेको अरुलाई थाहा नदिएर छोरा स्टिभलाई पौल र क्लारा जोब्सको जोडीलाई दिएकी थिइन् ।
स्टिभ जब्सकी आमा जोआनले सुरुमा पौल र क्लारालाई छोरा दिएपनि उनीहरुमा पढाइको कमी भएको भन्दै कानुनी रुपमा छोरा दिन तयार भइनन् । ६ महिनासम्म अदालतमा मुद्दा चलेपछि पौल र क्लारा कानुनी रुपमा स्टिभ जब्सका बुवाआमा बनेका थिए ।
स्टिभ जब्स स्कुलमा पढ्दा पढ्न जान्ने विद्यार्थीमा गनिदैनथे । हाइस्कुलमा उनको २.६५ जीपीए मात्र आउने हुनाले साथीहरुले उनलाई गिज्याउथे। स्टिभ जब्स स्कुलमा पनि एक्लै बस्न मन पराउँथे ।
स्टिभ जब्सलाई जन्म दिएकी आमाका बुवा अनपढ थिए तर आफ्नै मेहनतले अरबपति बनेका थिए। त्यस्तै जब्सलाई छोरोको रुपमा अपनाएका पौल जब्सले पनि हाइ स्कुलबाट उता पढ्न छोडेका थिए भने जब्सले पनि कलेज पढ्दा पढ्दै पढाइलाई छोडिदिए ।
स्टिभ जब्सले अटारी कम्पनीमा टेक्निसियनको काम गर्थे । उनी यतीसम्म अस्तव्यस्त थिए की, कैयौं दिनसम्म नुहाउँदैनथे र पैसा बचतको लागि जुत्ता पनि किनिराख्दैनथे । बाहिर हेर्दा उनको फोहोरिपन देखिएपछि कम्पनीले जब्सलाई रातीको सिफ्टमा काम गर्न पठाएको थियो ।
अटारीमा स्टिभ जब्सलाई एक भिडियो गेमको लागि सर्किट बोर्ड बनाउन जिम्मा दिइएको थियो। तर उनलाई कोडको काम आउदैनथ्यो । त्यसैले जब्सले त्यो कामको लागि आफ्ना साथी स्टिभ वाज्नियकलाई भने र आधा-आधा पैसा बाँडेर लिने गरि संगै काम गर्न राजी बनाए । त्यतिबेला स्टिभ जब्सले सो काम गरेबापत ७ सय डलर मात्र आउने बताएका थिए । तर, धेरै पछि मात्र वाज्नियकले थाहा पाएका थिए की, त्यो कामको लागि जब्सले ५ हजार डलर पाएका थिए ।