Ausmandu
Connecting Nepal And Australia.

यस्तो थियो अल्बर्ट आइन्स्टाइनको प्रेम जीवन

अल्बर्ट आइन्स्टाइन आफ्नो करियर जीवनमा सफल भएतापनि प्रेम जीवनमा भने असफल प्रेमी / श्रीमान ठहरिएका थिए । उनकी पहिली श्रीमतीको नाम मिलेवा म्यारिक हो । उनीहरुको पहिलो भेट सन् १८९६ मा भएको थियो। आइन्स्टाइनकी पूर्व विद्यार्थी रहेकी मिलेवा मेहनती, दृढ इच्छाशक्ति भएकी र आत्मनिर्भर स्वभावकी थिइन्। उनीहरुको सम्बन्धलाई आइन्स्टाइनकी आमाले मन नपराएपछि उनी भन्ने गर्थे, ” ऊ मात्र एउटा यस्तो व्यक्ति हो, जो म जस्तै छे” । वास्तवमा मिलेवाको दृढ इच्छाशक्ति र आत्मनिर्भर स्वभावले आइन्स्टाइन आकर्षित भएका थिए ।

मिलेवा र आइन्स्टाइन गहिरो प्रेममा थिए । उनीहरुले विवाह पनि गरे र विवाहपछि कामको सिलसिलामा आइन्स्टाइन बाहिर जाँदा उनीहरुले चिठी आदानप्रदान गर्थे । मिलेवाले आइन्स्टाइनको काममा निकै सघाइन् । आफ्नो पढाइ पूरा गर्ने लक्ष्य लिएकी उनले घर व्यवहार सम्हाल्नकै लागि पढाइमा राम्रो ध्यान दिन पाईनन् र केही समय पछि नै छोरा गर्भमा आएपछि उनको पढाइ तथा करियर लथालिङ्ग नै बन्यो । र आफ्नो करियरको सपना छोडिन् ।

आइन्स्टाइन र मिलेवाका दुई छोरा भए । तर आइन्स्टाइनको सम्बन्धको चर्चा एल्सासंग चल्न थाल्यो, जो उनकी नातेदार समेत थिइन् । केही ठाउँहरुमा भनिएको छ की, आइन्स्टाइनले त्यतिबेला एल्सालाई प्रेम पत्र लेख्ने गर्थे र मिलेवालाई घमन्डी र ईर्ष्यालु महिला भन्ने गर्थे। त्यसपछि आइन्स्टाइनले मिलेवासंग सम्बन्ध विच्छेद मागे। तर, त्यो सुनेपछि मिलेवा मानसिक रुपमा विक्षिप्त बनिन् र अस्पताल भर्ना गर्नुपर्ने अवस्थासम्म पुगीन् । निको भएपछी उनले सम्बन्ध-विच्छेदको कागजमा हस्ताक्षर गरिदिइन् । उनले आफू तथा छोराहरुलाई सम्पत्ति दिने सर्तमा सम्बन्ध विच्छेद गरेकी थिइन्। त्यसपछि आइन्स्टाइनले एल्सासंग विवाह गरे। एल्साको भने छिटै नै निधन भएको थियो । आइन्स्टाइन यी दुई विवाह बाहेक पनि थुप्रै सम्बन्धहरुमा थिए। उनको आफ्नै निजी सचिव संगको सम्बन्धको विशेष चर्चा हुने गर्थ्यो ।

Related Posts

आइन्स्टाइनले कोही किशोर वा युवालाई उनीहरुको परिवारको बारेमा सोध्थे । यदि त्यो किशोर वा युवाको बुवाले एउटा मात्र विवाह गरेको रहेछ भने, उनले भन्ने गर्थे, ‘ तिम्रो बुवा सफल व्यक्ति हो’ ।

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept