The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

फ्रिजभित्र राख्न नहुने १० खानेकुराहरु
फ्रिजभित्र खानेकुराहरु राख्न सहज हुन्छ। फ्रिजमा खानेकुरा राख्ने अझ अर्को ठूलो कारण त, खानेकुरा बिग्रिदैन भन्ने हो। व्यस्त जीवनशैलीमा पकाएको खानालाई फ्रिजभित्र राखेर कैयौं दिनसम्म खानु त, हाम्रो बानी नै हुन्छ। तर, यहाँ केही त्यस्ता १० खानेकुराहरु उल्लेख गरिएको छ, जसलाई फ्रिजभित्र राख्नु हुँदैन।
१. पकाएको पास्तालाई फ्रिजभित्र राख्नु हुँदैन। यदि पकाएको पास्तालाई फ्रिज भित्र राखियो भने, पास्ता डल्लो पर्छ।
२. कफीलाई कहिल्यै पनि फ्रिजमा राख्नु हुँदैन। चिसोले कफीको गुणमा ग्रास आउँछ।
३. फ्राई गरेको खानाको परिकार फ्रिजमा राख्नु हुँदैन। त्यसले सबै चिसो सोस्छ र खानाको स्वाद नै हराउँछ, खाना गल्छ।
४. दुधलाई लामो समयसम्म फ्रिजमा राख्दा दुध अस्वभाविक बाक्लो र पाचनशक्तिलाई हानी गर्ने किसिमको बन्न पुग्छ।
५. अण्डा फ्रिज भित्र राख्नु हुँदैन। पकाएको अण्डा फ्रिज भित्र राख्नु पनि त्यति राम्रो मानिदैन।
६. गुदी भएको फलफूल फ्रिज भित्र राख्दा, सड्न सक्छ ।
७. केही ग्रेभी बनाएर फ्रिजमा राख्नुभयो भने, त्यसमा पानीको मात्रा बस्छ र सबै मिश्रण एक-एक गरि छुट्टीन्छ।
८. सस फ्रिजमा राख्दा, त्यसको ‘मिक्स’ छुट्टिन्छ।
९. दहीलाई धेरै समय फ्रिजमा राख्दा, पानि र दही छुट्टिन्छ। स्वाद पनि हराउँछ।
१०. हरियो तरकारी, बोक्रा ताछेको तरकारी फ्रिजमा राख्दा बिग्रिन्छ।