The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियामा पैसाका कारण अधिकांश विद्यार्थी भोकै बस्ने गरेको तथ्यांक सार्वजनिक
द युनिभर्सिटीज अस्ट्रेलियाले सार्वजनिक गरेको रिपोर्टमा अस्ट्रेलियाका युनिभर्सिटीका अधिकांश विद्यार्थीहरु भोकै रहने गरेको तथ्य खुलेको छ । आम्दानी भन्दा खर्च बढी हुने भएका कारण सन् २०१७ मा हरेक सात जनामा एक जना विद्यार्थी पैसा नभएर भोकै बस्नु परेको तथ्याङ्क बाहिर आएको हो ।
यस अवस्थामा विदेशी विद्यार्थी मात्र नभएर अस्ट्रेलियाको रिजनल क्षेत्रका विद्यार्थी, आर्थिक अवस्था कमजोर रहेका विद्यार्थी समेत परेका छन् । युनिभर्सिटीज अस्ट्रेलियाकी कार्यकारी अधिकृत क्याटरीयोना ज्याक्सनले भनेकी छिन् , ‘ विदेशी विद्यार्थीहरु यहाँ रहंदा घर देखि टाढा हुने हुनाले, अहिलेको तथ्यांकले उनीहरुमा अझ बढी मानसिक दबाब भएको देखाएको छ ‘ ।
उक्त सर्भेमा १८ हजार ३ सय विद्यार्थीले भाग लिएका थिए । जसमध्ये एक तिहाई विद्यार्थीले अस्ट्रेलियन सरकारले प्रदान गर्ने विभिन्न भत्ता तथा सुविधा लिइरहेका छन् । सर्भेमा भाग लिएका १० प्रतिशत विद्यार्थीले पैसा अपुग भएका कारण आफ्नो डिग्री लिनको लागि बीचमा ‘ग्याप’ लिएको बताएका थिए भने २० प्रतिशत विद्यार्थीले पैसाकै कारणले फुलटाइम स्टडीबाट पार्ट टाइममा झरेको बताएका थिए ।
अनुसन्धानकर्ता, विभिन्न संघसंस्था तथा अगुवाहरुले विद्यार्थीको आम्दानी वृद्धि हुने वातावरण बनाइनुपर्ने तर्कहरु राखेका छन् । Source : Sbs News
यसमा हजुरको विचार के छ ? कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ ।