The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

जागिरको लागि आकर्षक रिजुम कसरि तयार गर्ने ?
काम पाउनको लागि रिक्त पदको जानकारी लिएपछि रिजुम / सी.भी अथवा आफ्नो व्यक्तिगत विवरण सहितको निवेदन पेश गर्नुपर्ने हुन्छ । त्यो सी.भी (रिजुम) लाई मूल्यांकन गरेपछि मात्र संस्थाले अन्तर्वार्ताको लागि बोलाउँछ । यहाँ रिजुम (सी.भी ) मा के-के कुरा उल्लेख गर्ने र नगर्ने भन्ने छोटो जानकारी राखिएको छ।
सी.भी (रिजुम) मा यी कुराहरु उल्लेख गर्नुहोस्
– रिजुममा आफ्नो व्यक्तिगत विवरण राख्नुहोस् :
नाम
ठेगाना
फोन नम्बर
इमेल ठेगाना
इमेल ठेगाना राख्दा हलुका खालको जस्तै , [email protected] नराख्नुहोस्, व्यवसायिक सुनिने राख्नुहोस् , आफ्नै नाम भएको जस्तै: [email protected] राख्दा उपयुक्त हुन्छ।
– शैक्षिक योग्यता र तालिम
आफ्नो पछिल्लो शैक्षिक योग्यता देखि सुरु गरेर आफ्नो शैक्षिक विवरण राख्नुहोस् ।
आफूले लिएका तालिमहरु उल्लेख गर्नुहोस् ।
– कामको अनुभव
काम गरेको कम्पनी वा संस्थाको नाम उल्लेख गर्नुहोस्
कुन पदमा रहेर काम गर्नुभयो, त्यो उल्लेख गर्नुहोस्
कति वर्ष काम गर्नुभयो, त्यो उल्लेख गर्नुहोस्
त्यो पदमा रहेर काम गर्दा तपाईंले के काम गर्नुपर्थ्यो, त्यो उल्लेख गर्नुहोस्
काम गर्दा तपाईंले पाएको सम्मान वा पुरस्कारको बारेमा उल्लेख गर्नुहोस्
– पेज नम्बर
रिजुममा पेज नम्बर राख्नुहोस् , सकेसम्म १/२ पेजमै टुंगाउनुहोस् र १ पेज नै भएपनि त्यसमा पेज नम्बर उल्लेख गर्नुहोस् ।
सी.भी (रिजुम) बनाउँदा यी कुराहरु उल्लेख नगर्नुहोस्
– जन्म मिती
– वैवाहिक स्थिति
– लिङ्ग
– आफूले जानेको भाषा
– आफूलाई उक्त जागिरमा पठाएको व्यक्तिको नाम