The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

धेरै भयो!
नेपाल कैले आउछौँ भनि नसोध साथी
यो मस्तिष्कले नेपाल बिर्सेको धेरै भयो
गाउँको बिर्खे,सहरको हर्केले
बिर्सियो भनी कुरा काट्छ्न अरे
उनीहरुलाई सुनाईदिनु
मेरो कोठाको कुनामा एउटा ऐना छ
हो त्यो ऐनाले मलाई बिर्सेको धेरै भयो
सबेरको सुताई, अबेरको उठाई कस्तो हुन्छ खै
अबेरसम्म बसेको र सबेरै उठेको धेरै भयो
कुबेरको धन लुटेको हल्ला चल्छ उता
के थाहा उसलाई,
मैले कोठाको भाडासम्म नतिरेको धेरै भयो ।
Do you have any articles, poems or post waiting to be published? Send it us to our email [email protected] or simply send message on our facebook page.