The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

‘उ’ र ‘म’ कहिल्यै हामी हुन पाएनौं । – कथा
“मेरो घर त एकदम स्टृक्ट छ, कसरी भन्ने हो त सबै” । म ठ्ट्टामा भनिदिन्थे “नमाने, नेपाल देखि अष्ट्रेलिया भगाउला नि , हुदैन?” हास्दै उत्तरमा उ भन्ने गर्थी “बरु म चाहिँ हजुरलाई भगाएर अमेरिका लग्छु” ।
सोचेको थिएँ, त्यो दिन अत्यन्त खुशीको दिन हुनेछ। ऊ र म अब हामी बन्नेबाला थियौं । मलाई जसरी यो दिनको पर्खाई थियो त्यसरी नै उसलाई पनि। किनकी ऊ र म बिच सबै कुरा भएको थियो, बाहेक एउटा प्रेम प्रस्ताव । मैले पनि उसलाई आशमात्र जगाए, भन्ने गर्थे “सही समय आउनदेऊ”। ऊ केही रोमान्चित देख्निथी, अनि भन्थी ” नाईं, अहिल्यै भन,पछि फेरि भनौला नि।”
“न लैला-मजनु, न रोमियो-जुलियट, न त मुना-मदन….कसैसंग दाँज्न चाहन्न म । हाम्रो त बेग्लै कथा लेखिनेछ। तिम्रो-मेरो माया,जुगौँ-जुग अमर रहनेछ !!”
मलाई याद छ, उसले मलाई सोधेकी थिई “बेबी यदि तिमीले हाम्रो प्रेमलाई इतिहासको कुनै प्रेम जोडीसंग दाँज्नु पर्यो भने कोसँग दाज्छौं?” प्रतिउत्तर सहजै भयो मलाई, भनिदिएँ “न लैला-मजनु, न रोमियो-जुलियट, न त मुना-मदन….कसैसंग दाँज्न चाहन्न म । हाम्रो त बेग्लै कथा लेखिनेछ । तिम्रो-मेरो माया,युगौं-युग अमर रहनेछ !!” ऊ नि:शब्द भई। सायद उसले केही सोचिकी होली, इतिहास र कथाका प्रेम ढुकुरसँग दाजेकी होली।
-
झगडाबाट सुरु भएको हाम्रो भनाभनले कति बेला मायाका शब्द समात्यो पत्तै भएन।
उसको मेरो कुरा एउटा फेसबुकको समूहबाट भएको हो। उसले एउटा पोस्टमा खुब जोशमा महिला सशक्तिकरणको कुरा उठाएकी थिई। म कमेन्ट गरेर उसको विपक्षी बन्दै थिएँ। ऊ अझै जोसिएकी थिई, अझ त्यसमाथी त्यो जोशलाई ऊर्जा भर्ने काम मेरो कमेन्टमा कमेन्ट थप्ने केटाहरुले गरिरहेका थिए । उसलाई साथ दिन केही केटीहरुको आगमन भयो, एउटा सानो वाक्यका कारण अब त्यो एउटा ठूलो प्रोपोगान्डा बन्यो। कमेन्टको आकडाले ५०० नाघ्यो। अनावश्यक नोटिफिकेसन अनि मेरो नाम प्रयोगमा आउन लागेपछी मैले उक्त कमेन्ट डिलेट गरि दिए। केहीछिन पछि उसको रिक्वेस्ट आयो अनि फेरि मेसेज। केहीछिन फेरि भनाभन पछि हामी एक अर्काको बारेमा कुरा गर्न लाग्यौं। झगडाबाट सुरु भएको हाम्रो भनाभनले कति बेला मायाका शब्द समात्यो पत्तै भएन।
त्यो भनाभनले गर्दा नेपालमा केही पटक भएको हाम्रो भेट हामी दुवैलाई स्मरण थियो । कहिलेकाहीं हाम्रो कुरा गर्ने बिषय नै त्यही हुन्थ्यो। पछि म अष्ट्रेलिया आएँ, उ अमेरिकामा गई । हामी बिचको भौगोलिक दूरीले ले हाम्रो माया अझै प्रगाढ बनाउदै लगेको थियो। मैले साच्चै जुकर्बगलाई भगवान नै मानेको थिए, हामी दुईलाई भेट गराएकोमा। हामी जहिले मेसेन्जर बाट फोनमा संगै डुलेको कल्पनाहरुमा भुल्दथ्यौ, भेट्ने प्लानहरु गराउथ्यौ, र सधैं ती सोचेका, सम्झेका तथा यावत कल्पित सपनाहरु पूराहोस भनी कामना गर्दथ्यौं। हामीले हामी दुईको भविष्य बुनिसकेका थियौं।
नेपाल देखि अष्ट्रेलिया भगाउला नि , हुदैन?
एक महिना अगाडीबाट उसले मलाई कल गर्ने एउटै बाहाना थियो, ऊ नेपाल जाने बारे । मेरो पनि उस्तै सोच सुनेर, ऊअझ उत्साहित भएकी थिई । अब त हामी कहिले मुस्ताङ्ग डुलेका त कहिले पोखरा घुमेका यादहरूमा हराउन लाग्यौँ । यो फेसबुके मायालाई अब हामी दुबैले आफ्नो घर सम्म जसरि हुन्छ पुर्याउने सोच बनाएका थियौं। ऊ भन्थी “मेरो घर त एकदम स्टृक्ट छ, कसरी भन्ने हो त सबै” । म ठ्ट्टामा भनिदिन्थे “नमाने, नेपाल देखि अष्ट्रेलिया भगाउला नि, हुँदैन?” हाँस्दै उत्तरमा ऊ भन्ने गर्थी “बरु म चाहिँ हजुरलाई भगाएर अमेरिका लग्छु” ।
घर केटा खोजेका छन् , बिहे गर्नै पर्ने, केटा अष्ट्रेलियाको रे
एक महिना पछि नेपाल जाने बेला हुन्छ, उसको। म भने बाँकी रहेको ६ महिने पढाइ सकाएर जाने सोच बनाए। उ रिसाएकी थिई अझ बोल्नै छाडेकी थिई। पछि थाहा भयो, ऊ टाढिन खोजेकी रहेछ । म छागाँबाट खसे जस्तो भएँ, जब उसले भनी,” घर केटा खोजेका छन, बिहे गर्नै पर्ने, केटा अष्ट्रेलियाको रे, यही बेला हो, तिमीले मेरो घर आएर कुरा गर्न सक्छौ।” यत्ति भनेर उसले रुँदै कल काटि, म लाचार थिएँ । मेरो बिग्रदो भिषाको अवस्था अनि पढाई सकिने चटारोमा म नेपाल जाने स्थिति छदै थिएन। नेपाल जाने आटँ पलायो तर एक हप्ता फुत्त गएर लुत्त आउन मिल्ने छैन। उसले आफ्नो फेसबुक अकाउन्ट डिलिट गरि कि खै के गरि । मलाई अफसोस छ ‘उ’ र ‘म’ कहिल्यै हामी हुन पाएनौं । अहिले सम्म उसलाई खोज्दा देखेको छैन, कहिँ कतै उसको साथीहरूका तस्बिर माझमा पनि भेटेको छैन। सायद यसमा जुकर्बगकै हात हुनुपर्छ उसलाई लुकाउन। नत्र मैले भेट्नु पर्ने – नखोजेको दिन छैन, नगरेको कुनै उपाय छैन!