
कविता : पुरुषत्व
रात,
एकान्त,
अँध्यारो
केही नखोज,
म आँफै बोलाउँछु तिमीलाई
आऊ,
मलाई बलात्कार गर !
र प्रमाणित गर
आफ्नो पुरुषत्व !!
तिम्रा पत्थर फोड्न सक्ने
बलिया हत्केलाले
थुन्नु पर्दैन मेरो मुख ;
म चिच्च्याउने छैन ,
तिम्रै उमेरको मेरो दाइले
पोहोर भाइटिकामा दिएको
मेरै सलले बाँध्नु पर्दैन
मेरा हात ;
म छट्पटाउने छैन |
आऊ ! मेरो स्तन गिथोल
आऊ ! मेरा बतिला स्तन निचोर !!
म सहनेछु चुपचाप
तर ,
बिन्ती एकपटक सम्झनु,
गोबर्द्धन पर्वत जस्तै
आफ्नी आमाको लाम्टा !
जुन गोबर्द्धन पर्वत रसाएर
तिमीमा यो बल भरेको छ !!
तिमी मेरो योनी भोग्न
आतुर छौ ,
आऊ
तिमीलाई म अधैर्य पार्दिन
तर
मेरो कोपिला योनी भोग्नुपूर्व
एक पटक सम्झनु
मन्दिर जस्तै पवित्र
आफ्नै आमाको रक्ताम्य योनी !
जुन योनीबाट
विर्यको रुपमा पसेर
जीवन बनेर ,
धड्कन बोकेर
अझ भनूँ,
तिमीलाई पुरुष बनाउने
लिंग लिएर
निस्केका थियौ !!
तिमीलाई
किन चाहियो रात?
किन चाहियो एकान्त ?
किन चाहियो अँध्यारो ?
तिमी त पुरुष हौ !
म आँफै बोलाउँछु
नयन बिच्छयाएर
आऊ मलाई बलात्कार गर !
पटकपटक
सिनो खाएर गिद्द नअगाउँदासम्म
म आँखालाई मरुभूमी बनाईदिउँला !!
अनि मारिदेउ मलाई !!
मर्ने मान्छेको अन्तिम इच्छा
पुरा गर्छौ नि हैन ?
मेरो अन्तिम इच्छा;
मलाई बलात्कार गरेको दृश्य
आफ्नी आमालाई देखाउनु
ताकी उनले पनि देखुन
तिम्रो पुरुषत्व !!
#justicefornirmala
– वासु पुष्पा अधिकारी
डण्डा, नवलपरासी
हाल : मुगलानबाट
( हजुरहरुसंग पनि यस्तै आफ्ना लेख रचना छन् भने हामीलाई पठाउन सक्नुहुनेछ ..)