
वेस्टर्न अस्ट्रेलियाले विद्यार्थीहरुको लागि नयाँ अकुपेसन लिष्ट ल्याउने, यस्तो छ कारण
वेस्टर्न अस्ट्रेलिया सरकारले विद्यार्थीहरुको लागि नयाँ अकुपेशन लिस्ट ल्याउने भएको छ । बिहिबार सार्वजनिक भएको सुचना अनुसार, दक्ष र प्रतिभावान विद्यार्थीलाई वेस्टर्न अस्ट्रेलियामा बसाई सराई गर्ने वातावरण प्रदान गर्नको लागि नयाँ अकुपेशन लिस्ट ल्याउने तयारि भएको हो ।
वेस्टर्न अस्ट्रेलियाका युनिभर्सिटीमा पढेका विदेशी विद्यार्थीलाई वेस्टर्न अस्ट्रेलियामा बसोवास गर्नको लागि आकर्षित गर्न सरकारले यस्तो योजना बनाएको हो । यस योजनाबाट विदेशी विद्यार्थीहरु वेस्टर्न अस्ट्रेलियामा बसोवास गर्नेछन् र राज्यको अर्थतन्त्र उकास्नको लागि सहयोग गर्नेछन् भन्नेमा राज्य सरकार विश्वस्त छ ।
यस कार्यक्रम अन्तर्गत पीएचडी, मास्टर्स र उपल्लो डिग्री हासिल गरेका विद्यार्थीलाई प्राथमिकता दिइने बताइएको छ । यसले गर्दा, ती विदेशी विद्यार्थीहरुले अस्ट्रेलियनहरुको लागि पनि रोजगारी सिर्जना गर्न सक्नेछन् भन्नेमा राज्य आशावादी छ ।
यो योजनाले विश्वभरका विदेशी विद्यार्थीहरु वेस्टर्न अस्ट्रेलियाप्रति आकर्षित हुनेछन् । जसले गर्दा, यहाँको शिक्षा क्षेत्रमा राम्रो लगानी र विकास हुनेछ । यस योजनाको लागि आवश्यक योग्यता र एप्लाई गर्ने प्रकिया http://www.migration.wa.gov.au वेबसाइटमा आगामी महिनाहरुमा प्रकाशित हुने बताइएको छ । Source : www.mediastatements.wa.gov.au