The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियाको मेलबर्नमा एड्रिन प्रधान र फिरोजको प्रस्तुति सहितको ‘The Original Duo Concert’
अस्ट्रेलियाको मेलबर्न सहरमा आगामी जुलाई २९ अर्थात अर्थात आउँदो आइतबार ‘The Original Duo Concert ‘ हुनेभएको छ । यति फुटबल क्लबको आयोजनामा हुन लागेको यस कन्सर्टलाई कंडेल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ।
कन्सर्टमा कुनै समय नेपाली पप सांगीतिक क्षेत्रमा राज गरेको 1974 AD का एड्रिन प्रधान र फिरोज स्याङ्ग्देनको विशेष प्रस्तुति रहने छ । साथै, कन्सर्टमा अशोक खतिवडा, मिस्टिक, द अन्डरलाइन, लडिबडीको समेत प्रस्तुति रहनेछ । कन्सर्टका सहभागीहरुलाई DJ MISTA ले थप मनोरन्जन प्रदान गर्नेछन् ।
१८ वर्षभन्दा माथिका व्यक्तिलाई मात्र प्रवेश खुल्ला राखिएको कार्यक्रम 170 Russell (Billboard The Venue) मेलबर्नमा हुनेछ । कार्यक्रममा सहभागीहरुको लागि कार पार्किङ्गको समेत व्यवस्था रहेको छ । बेलुका ७ बजे देखि हुने कार्यक्रममा ६ : ३० बजे देखि प्रवेश खुल्ला राखिनेछ । प्रवेशको लागि आफ्नो परिचयपत्र संगै लिएर आउनुपर्नेछ ।
कार्यक्रमको लागि टिकट शुल्क :
अनलाइन बुकिङ्ग .>> २५ डलर ( अनलाइन बुकिङ्गको लागि buytickets.au/yetifc मा क्लिक गर्नुहोस् )
कार्यक्रम भन्दा अगाडी लिंदा >> ३० डलर
कार्यक्रम हुने समयमा लिंदा >> ३५ डलर