The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

मेलबर्नमा नेपालमा यौन हिंसामा परेका महिलाहरुको सहयोगार्थ तीज कार्यक्रम
अस्ट्रेलियाको मेलबर्नमा नेपालमा यौन हिंसामा परेका महिलाहरुको सहयोगार्थ तीज कार्यक्रम हुने भएको छ । आगामी सेप्टेम्बर १ , शनिबारका दिन मेलबर्नको कोबर्ग टाउन हलमा कार्यक्रम हुने भएको हो ।
कार्यक्रमलाई नेपलीज नेपलीज एसिसिएसन अफ भिक्टोरिया अर्थात न्याभ र दिदी बहिनी समाज भिक्टोरियाले संयुक्त रुपमा आयोजना गरेका हुन् । उक्त तीज कार्यक्रमबाट संकलित हुने रकम नेपालमा यौन हिंसामा परेका महिलाहरुको पुनर्स्थापनाको लागि सहयोग गरिने आयोजकले बताएका छन् ।
विभिन्न कार्यक्रम मार्फत समाज सेवामा सक्रिय भिक्टोरियामा बसोवास गर्ने नेपाली महिलाहरुको समूह दिदीबहिनी समाजले हालसम्म ४५ जनालाई सहयोग गरिसकेको छ भने न्याभ भिक्टोरियामा रहेको नेपाली समुदायलाई विभिन्न क्षेत्रमा अगाडी बढाउनको लागि कार्यक्रमहरु गर्दै आएको छ ।