The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियन क्यापिटल टेरीटोरीले विद्यार्थी भिसा नीतिमा फेरबदल गरेपछि विद्यार्थीहरु आन्दोलित
अस्ट्रेलियन क्यापिटल टेरीटोरीले विद्यार्थी भिसा नीतिमा फेरबदल गरेपछि विद्यार्थीहरु त्यसको विरुद्धमा उत्रिएका छन् । यो फेरबदलले विद्यार्थीहरुलाई असर परेको भन्दै करिब २ सय जना विद्यार्थी आन्दोलन स्वरुप विधानसभाको परिसरमा भेला भएका थिए ।
शुक्रबार भएको उक्त भेलामा विद्यार्थीहरुले उक्त परिवर्तनले आफूहरुमा परिरहेको असर बारे बोलेका थिए । त्यसको साथै उनीहरुले न्यायोचित निर्णय हुनुपर्ने माग राखेका थिए ।
अस्ट्रेलियन क्यापिटल टेरीटोरीले जुलाई २०१७ मा आफ्नो पेशा राज्यको अकुपेसन लिस्टमा नभएतापनि विद्यार्थीहरुले स्टेट नोमिनेसनको लागि आवेदन दिन सक्ने निती ल्याएको थियो । त्यसको लागि विद्यार्थीकम्तिमा एक वर्षसम्म क्यापिटल टेरीटोरीमा बसेको र स्थानीय शैक्षिक संस्थामा अध्ययन गरेको हुनुपर्ने नियम थियो । गत जुन २९ मा भने राज्य सरकारले अकुपेसन लिस्टमा नभएकाहरुलाई अब पीआर भिसा उपलब्ध नगराइने घोषणा गरेको थियो ।
गत जुलाईमा विद्यार्थीहरुको लागि उपलब्ध गराइएको विशेष अवसरलाई प्राप्त गर्नको लागि अरु राज्यमा पढ्ने धेरै विद्यार्थीहरु क्यानबेरा बसाइ सरे र फेरी क्यानबेराको शैक्षिक संस्थामा पढ्न थाले । तर क्यानबेरा बसेको एक वर्ष हुनै लाग्दा सरकारले निती परिवर्तन गरिदिएपछि धेर विद्यार्थी मारमा परेका छन् ।
त्यसैले विद्यार्थीहरुले नीति फेरिएको घोषणा भएको दिन अर्थात जुन २९ भन्दा अगाडी क्यानबेरामा बसाइ सरेर पढ्न थालेका विद्यार्थीको लागि पूरानो नीति लागु हुनुपर्ने माग गरेका छन् ।
Source : SBS News