The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियामा दुई वर्षमा ४४ हजार विद्यार्थी भिसा रद्द, विद्यार्थीको चरित्र मूख्य कारण
अस्ट्रेलियामा २०१५ जुन देखि २०१७ डिसेम्बर सम्ममा ४४ हजार ५ सय ६९ भिसा रद्द भएको तथ्यांक सार्वजनिक भएको छ । होम अफेयर्सले सार्वजनिक गरेको उक्त तथ्यांकमा सन् २०१० देखि २०१७ डिसेम्बर सम्ममा ९६ हजार ५ सय ४२ विद्यार्थी भिसा रद्द भएका छन् ।

पछिल्लो समय बढी मात्रामा विद्यार्थीको चरित्रका कारण भिसा रद्द भएको तथ्यांकमा देखिएको छ । ती मध्ये अधिकांश विद्यार्थीहरु लागुपदार्थ तथा हिंसात्मक घटनामा संलग्न पाइएको थियो ।

चरित्रको आधारमा भिसा रद्द हुने विद्यार्थीमा सबैभन्दा न्युजिल्याण्डका विद्यार्थी देखिएका छन् । न्युजिल्याण्ड पछि सबैभन्दा बढी बेलायतका विद्यार्थीको भिसा चरित्रका आधारमा रद्द भएको छ ।

यो तथ्याङ्कलाई आधार मानेर पनि विदेशी विद्यार्थीहरुले अस्ट्रेलियामा रहंदा यहाँको नियम-कानुनलाई राम्रोसंग बुझ्नुपर्ने र अन्जानमा हुन सक्ने गल्तीमा पनि ध्यान पुर्याउनु पर्ने कन्सल्टेन्टहरु बताउँछन् ।