Ausmandu
Connecting Nepal And Australia.

अष्ट्रेलियामा बस्ने नेपाली विद्यार्थीहरुको कथा समेटिएको म्युजिक भिडियो ‘विद्यार्थी’ सार्वजनिक

अष्ट्रेलियाको मेलबर्नमा छायांकन गरिएको नेपाली म्युजिक भिडियो सार्वजनिक भएको छ ।

संजय सेन्चुरीले छायांकन तथा निर्देशन गरेको उक्त म्युजिक भिडियो ‘विद्यार्थी’मा सत्य कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । ‘विद्यार्थी’ गीतलाई कपिल सापकोटाले स्वर दिएका छन् । कपिल सापकोटा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका हुन् । आफूले भोगेको कथा तथा साथीहरुको यथार्थतालाई कपिल सापकोटा र सागर कुँवरले म्युजिक भिडियोमा कथाको रुप दिएका हुन् । म्युजिक भिडियोमा सागर कुँवरले अभिनय गरेका छन् ।

गीतलाई कपिल र नविनले लेखेका हुन् । कपिल सापकोटाको निर्माणमा रहेको म्युजिक भिडियोलाई निर्देशक संजय सेन्चुरीले नै सम्पादन गरेका हुन् । विद्यार्थी भिसामा अष्ट्रेलिया आएर पढाइसंग म्युजिक भिडियो सम्बन्धि आफ्नो रुची तथा कलालाई निरन्तरता दिंदै आइरहेका सेन्चुरीको यो अर्को एक उत्कृष्ट प्रस्तुति हो ।

म्युजिक भिडियोलाई बाबा फिल्म्स प्रोडक्सनले बजारमा ल्याएको हो भने gennuine educatin visa servicesले यसलाई मूख्य प्रयोजन गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept