The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

क्विन्सल्याण्डको स्किल्ड अकुपेसन लिस्टबाट हट्यो ‘अकाउनटेन्ट’
यदि अकाउनटेन्ट हुनुहुन्छ र क्विन्सल्याण्डको स्टेट स्पोन्सरशिप चाहनुहुन्छ भने अब रिजल्ट तपाईंको पक्षमा नआउन सक्छ ।
बिजनेस एण्ड स्किल्ड माइग्रेसन क्विन्सल्याण्डले आफ्नो स्किल्ड अकुपेशन लिस्टबाट ‘अकाउनटेन्ट’ पेशा हटाएको छ । सोमबार वेबसाइटमा सूचना प्रकाशित गर्दै अकाउनटेन्ट Accountant (General) (221111) क्विन्सल्याण्डको सबै अकुपेशन लिस्टबाट १७ सेप्टेम्बर २०१८ देखि हटेको बताइएको छ ।
अकाउनटेन्टको कोटा पूरा भइसकेकोले अकुपेशन लिस्टबाट हटाएको बताइएको छ । वेबसाइटमा उल्लेख गरिए अनुसार, यदि अकाउनटेन्टमा इन्भिटेसन पाएका व्यक्तिहरुले तोकिएको मितीसम्म प्रोसेसमा गएनन् भने त्यो ठाउँमा नयाँ व्यक्तिले इन्भिटेसन पाउने सम्भावना रहनेछ ।
Source: SBS News