Ausmandu
Connecting Nepal And Australia.

नर्थन टेरीटोरीको १५ हजार डलर अफर सम्बन्धि थाहा पाउनुपर्ने पाँच कुरा

अस्ट्रेलियाको नर्थन टेरीटोरीमा बसाई सर्नेलाई राज्य सरकारले १५ हजार डलर प्रोत्साहन भत्ता दिने योजना ल्याएको छ । आगामी नोभेम्बर देखि लागु हुने योजनाको लागि दक्ष पेशाको सूची समेत सार्वजनिक भएको छ ।

उक्त १५ हजार डलर अफर सम्बन्धि थाहा पाउनुपर्ने पाँच कुरा

१. सार्वजनिक गरिएको दक्ष पेशासंग सम्बन्धित अनुभवी ५५ देखि ६५ वर्षसम्मका कामदारहरु र करियरको सुरुवातमा रहेका २० देखि ३९ वर्ष सम्मका महिलाहरुलाई यस योजनामा महत्व दिइनेछ ।

Related Posts

२. एग्रीकल्चर, फाइनान्स, कन्स्ट्रक्सन, इञ्जिनियरिङ्ग, एभिएसन, ह्युमन रिसोर्स, आइटि र हस्पिटालिटी क्षेत्रमा भर्खर करियरको सुरुवात गरेका व्यक्तिहरु र सिनियर म्यानेजमेन्ट लेभलमा पुगेका व्यक्तिहरु यस योजनाको प्राथमिकतामा पर्नेछन् ।

३. यस योजनाको लागि निवेदन दिंदा एक वर्षको लागि नर्थन टेरीटोरीमा जागिर निश्चित गरेको र निवेदन दिनु भन्दा अगाडी कम्तिमा दुई वर्षसम्म नर्थन टेरीटोरीमा नबसेको हुनुपर्छ ।

४ . पब्लिक सेक्टरमा काम गर्ने र आफ्नै व्यवसाय गर्ने व्यक्तिहरुले यस योजनाको लागि निदेवन दिन पाउँदैनन् । यस योजनाको लागि अस्ट्रेलियाको नागरिकता वा पीआर भएका व्यक्तिलाई प्राथमिकतामा राखिएको छ ।

५. यो योजनाको पूर्ण विवरण १ अक्टोबर २०१८ मा सार्वजनिक हुनेछ र १ नोभेम्बर देखि निवेदन खुल्ला हुनेछ।

यस योजनाको लागि सार्वजनिक भएको अकुपेसन लिस्ट र इन्सेनटिभ विवरणको लागि यहाँ क्लिक गर्नुहोस्

Source : SBS News

Get real time updates directly on you device, subscribe now.

Comments
Loading...

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept