The main intention of Ausmandu is to provide information, entertainment and inspiration. It is run by young minds and may have some lackings, your valuable suggestions are highly appreciated. Throw us an Email: [email protected]

अस्ट्रेलियाको मेलबर्नमा बलात्कार मुद्दामा नेपाली युवकलाई ६ वर्ष जेल, जेलपछि देशनिकाला हुन सक्ने
अस्ट्रेलियाको मेलबर्नमा बरिस्टको काम गर्दै आएका २९ वर्षीय नेपाली युवक इन्द्र भण्डारी बलात्कार मुद्दामा जेल चलान भएका छन् । गत मार्च २०१७ मा उनले एक २३ वर्षिया युवतीलाई बलात्कार गरेको ठहर भएपछि ६ वर्ष ६ महिनाको जेल सजाय तोकिएको हो ।
भण्डारी र ती युवती बिदामा थिए र संगै पब गएका थिए । उनीहरुबीच त्यहाँ चुम्बन भएको थियो । त्यसपछि उनीहरु ती युवतीको कोठामा फर्किए र कुकुरलाई समेत लिएर पार्कमा घुम्न गए, जहाँ उनीहरु बीच फेरी चुम्बन भयो ।
त्यो दिन ढिलो भैसकेको र भण्डारी अर्को दिन बिहानै काममा निसक्नु पर्ने भएकोले युवतीले उनलाई आफ्नै घरमा बस्न भनिन्। त्यसपछि ती युवतीले भण्डारीकै अगाडी अर्धनग्न बनिन् र सुत्न गइन् । तर जब उनी जागीन् , सुत्ने समयसम्म कोचमा सुतिरहेका भण्डारीलाई आफूसंगै रहेको र आफू माथी जबर्जस्ति गरिरहेको पाईन् ।
युवती रोइन् , उनलाई घरबाट निकाल्न भनिन् , तर भण्डारीले उनीसंग जबर्जस्ती गरे । अदालतले चुम्बन गर्नु भनेको शारीरिक सम्पर्कको लागि अनुमती दिनु नभएको भन्दै भण्डारीलाई जेल सजाय सुनाएको हो । उनी गैरअस्ट्रेलियन भएको हुनाले उनी देशनिकाला हुने प्रबल सम्भावना रहेको अस्ट्रेलियन मिडियाले बताइरहेका छन् ।