सिड्नीको बुपा एज्ड केयर सीफोर्थमा वृद्धलाई पिटेपछि प्रकाश पौड्याल नाम गरेका एक नेपाली कारबाहीमा परेका छन् । ओल्ड एज्ड केयर होममा काम गर्दै आएका ३५ वर्षीय पौड्याललाई प्रहरीले घटना पछि पक्राऊ गरेर धरौटीमा रिहा गरेको छ ।
उनी अब सेप्टेम्बर ११ मा स्थानिय अदालतमा उपस्थित हुनुपर्नेछ भने कामबाट पनि निकालिएका छन् ।
८२ वर्षीय ती वृद्धकी छोरीले बुवाको शरीरमा चोटको निशान देखेपछि शंका लागेकोले आफूले लुकेर कोठामा क्यामरा फिट गरेको बताएकी छिन् । उक्त क्यामरामा पौड्यालको हर्कत रेकर्ड भएको थियो ।
न्यु साउथ व्ह्लेस पुलिसले उक्त भिडियो सार्वजनिक गरेको छ । उनले ती वृद्धलाई लडाउने, टि-सर्ट तानिदिने र जुत्ताले हान्ने गरेको भिडियोमा देखिन्छ । source : http://www.abc.net.au